मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 

राजविराज राजविराज
|
मंगलबार, जेठ १०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 

सारांश

  •     पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबारदेखी नै उनी फोहर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणका लागि सक्रियता देखाएका हुन् ।
  •       वर्षोदेखी राजविराज नगरमा फोहर व्यवस्थापन गर्न कठिनाई भइरहेको बेला मेयर यादवले वडा नं.
  • १५ स्थित खाँडो खोला छेउको ४४ का जग्गा २० वर्षका लागि लिजमा लिएर फोहर बिसर्जन गर्ने योजना बनेपछि उक्त स्थानको स्थलगत निरिक्षण समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १० जेठ । 
    राजविराज नगरपालिकाका मेयर भिमराज यादव फोहर व्यवस्थापनमा सक्रिय भएका छन् । 
    पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबारदेखी नै उनी फोहर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणका लागि सक्रियता देखाएका हुन् । 
    वर्षोदेखी राजविराज नगरमा फोहर व्यवस्थापन गर्न कठिनाई भइरहेको बेला मेयर यादवले वडा नं. १५ स्थित खाँडो खोला छेउको ४४ का जग्गा २० वर्षका लागि लिजमा लिएर फोहर बिसर्जन गर्ने योजना बनेपछि उक्त स्थानको स्थलगत निरिक्षण समेत गरे । 
    केही निर्माण सामाग्रि समेत लिएर उनी उक्त स्थान पुगि निजि खर्चमा जग्गामा सोलिङका लागि आवश्यक इटा र माटो खन्नका लागि स्कारभेटर समेतको व्यवस्था मिलाउने घोषणा गर्दै जग्गाको घेरबेर र आवश्यक व्यवस्था तत्कालै मिलाउन निर्देशन समेत दिए । 
    फोहर व्यवस्थापन गर्न आवश्यक डम्पिङ ठाउँको तयारीमा जुटेका उनी फोहर व्यवस्थापन नभएका कारण दुर्घगन्धित रहेको राजविराज नगरलाई सुगन्धित बनाउने आफ्नो पहिलो प्रयास रहेको बताए ।
फोहर मैलाको व्यवस्थापनबाटै आफुले काम सुरुवात गरेको जनाउँदै मेयर यादवले आफू निर्वाचित भएको तीन महिनामै सुधारको प्रत्याभूती दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?