दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
सप्तरीका हजयात्रीहरुलाई मंगलवार राजविराजमा एक कार्यक्रम गरी विदाई गरिएको छ ।
आसिया पार्टी प्यालेस राजविराजले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
सप्तरीबाट जाने १२ जना हज यात्रीलाई सम्मानका साथ यात्रा सफलताको शुभकामनासहित विदाई गरिएको आसिया पार्टी प्यालेसका प्रोप्राइटर मो. अकवरले जानकारी दिए ।
उनले राजविराज नगरपालिका ३ का हाजी मुस्लिम मियाँ, तसलिम मियाँ, टुनियाँ खातुन, शमिला खातुन, सइफुद्दीन मियाँ, जैतुन खातुन, जामिरुद्दीन (पल्ली), ईसरत जहाँ, मो असगर, राजविराज १ का मो जल्लाउद्दीन, शायरा खातुन र मौलाना समिमउल्लाहलाई विदाई गरिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक गजुसिद्धि वज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला लगायतकाले हज यात्रीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
सप्तरीका हजयात्रीलाई बिदाई
सारांश
- आसिया पार्टी प्यालेस राजविराजले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
- सप्तरीबाट जाने १२ जना हज यात्रीलाई सम्मानका साथ यात्रा सफलताको शुभकामनासहित विदाई गरिएको आसिया पार्टी प्यालेसका प्रोप्राइटर मो.
- अकवरले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया