टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे

राजविराज राजविराज
|
बिहिबार, माघ ६, २०७८
|
|
१८ पटक हेरिएको
Shares
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे

सारांश

  •     नेपाल क्रिकेट संघले बिहीबार घोषणा गरेको उक्त टिममा सप्तरीका अलराउन्डर बिवेक यादव पर्न सफल भएका छन् ।
  • उनले हालै सम्पन्न प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
  •       प्रदेश २ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजबिराज, ६ माघ ।
    आगामी फेब्रअरी १७ तारिख देखि ओमानमा हुने टि ट्वान्टी क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि १६ सदस्यीय टिमको घोषणा गरिएको छ ।  
    नेपाल क्रिकेट संघले बिहीबार घोषणा गरेको उक्त टिममा सप्तरीका अलराउन्डर बिवेक यादव पर्न सफल भएका छन् । उनले हालै सम्पन्न प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । 
    प्रदेश २ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यु १९ राष्ट्रिय टिमको लागि खेलिसकेका अलराउण्डर यादवले प्रधानमन्त्री कपमा ४ खेलमा ८७ रन बनाएका थिए । गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शानदार ब्याटिंग गरेका यादवले ५ इनिङमा १ सय १६ रन बनाएका थिए । 
    सन्दिप लामिछानेको कप्तानीमा ब्याट्सम्यानहरुमा कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी र लोकेश बम छन् भने बलरहरुमा करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम छनोट भएका छन् । 
    नेपालले ओमानमा फ्रेबअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए‘ खेल्दैछ । प्रतियोगितामा नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ