दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले सप्तरीवासी गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराएको आरोप लगाएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका अध्यक्ष दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
“मधेशको सम्मानका लागि सप्तरीवासी गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई देशको पहिलो राष्ट्रपति बनाउन चाहेको तर मधेशवादी दलकै कारण त्यसमा सफल हुन सकिएन् ।” सम्बोधनका क्रममा उनले भने, “मधेश आन्दोलन र मधेशवादी दल भनिने पार्टीहरु विस्तारै विघट्न तिर गइरहेका छन् ।”
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले मधेशलाई आत्मसम्मान र पहिचान दिने कामको जिम्मा हामीले लिनु पर्छ भन्ने आवश्यकता महसुस गरेर जागरण अभियान लिएर मधेश आएको उल्लेख गरे ।
जनतासंग गरेको ‘कमिटमेन्ट’ पुरा गर्न नसकेको बताउदै उनले देशको परिस्थितिलाई हेर्दा मधेशवादी दलहरु विसर्जन तिर गएको जिकिर समेत गरे । “मधेशवादी दलले जनतासँग गरेको ‘कमिटमेन्ट’ पुरा गर्ने स्थितिमा छैन् । मधेशमा जागरण ल्याउने जिम्मेवारी माओवादी केन्द्रले लिनुपर्ने अवस्था छ” उनले भने, “मधेशवादी भनिने दलहरुले गरिरहेको क्रियाकलाप प्रतिक्रियावादी छ ।”
जबसम्म माओवादी आन्दोलन र मधेशको जनसमुदाय एक ठाउँमा केन्द्रित हुँदैन तव सम्म हामीले प्राप्त गरेको उपलब्धिको रक्षा नहुने खतरा रहिरहने उनको भनाई थियो । “देश अस्थिरता, अराजकता र आर्थिक रुपले कुचक्रमा फस्ने खतरा छ । त्यसको आवश्यकता महसुस गरी तराई मधेशका जनतासँग सम्बन्ध सुदृढ गर्नु पर्दछ भन्ने आवश्यकत महसुस गरेर जागरण अभियानमा संचालन गरिएको हो ” उनले भने ।
सम्बोधन कै क्रममा मधेशका जिल्लाहरुमा माओवादी पार्टी भित्र गुटवन्दी रहेकोले कार्यकर्ताहरुलाई गुटवन्दी त्यागेर एकजुट हुन नेता कार्यकर्तालाई निर्देशन समेत दिए । अभियानले मात्र मधेशमा धेरै परिणाम दिन नसक्ने बताउँदै उनले एक जुट हुन सबैसाग आग्रह पनि गरे ।
यस्तै नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा हुँदा सुशासन विरुद्ध अभियान चलाएकोले भ्रष्टाचारीहरुको रक्षा गर्न आफूहरुलाई सरकारबाट फालिएको दावी गरे । उनले अहिलेको सरकारले दुई दले बहुदलिय व्यवस्था ल्याउन लागेको आरोप लगाउँदै समावेशीकरणलाई घटाउने गरी संविधान संशोधन गर्न नदिन आफ्नो पार्टी खवरदारीमा लागेको बताए ।
नेकपा माओवादी केन्द्र सप्तरीले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ्ग, उपमहासचिव जनार्दन शर्मा, केन्द्रिय नेतृ पम्पा भुसाल, मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, पूर्व निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, मुस्लिम अगुवा गणी अन्सारी, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि बोल्दै अभियान सफलताको शुभकामना र आ–आफ्ना सुझाव राखेका थिए ।
यसैबीच माओवादी अध्यक्ष दाहालले जिल्लाको रुपनी गाउँपालिका वडा नं. ४ स्थित छपकी भथौलमा सालिक अनावरण तथा जनसभालाई सम्बोधन गरेका छन् ।
उनले नेकपा माओवादीमा लागेर सहिद भएका इन्द्रदेव विश्वासको सालिक अनावरण गरेका हुन् ।
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सारांश
- जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका अध्यक्ष दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
- “मधेशको सम्मानका लागि सप्तरीवासी गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई देशको पहिलो राष्ट्रपति बनाउन चाहेको तर मधेशवादी दलकै कारण त्यसमा सफल हुन सकिएन् ।
- ” सम्बोधनका क्रममा उनले भने, “मधेश आन्दोलन र मधेशवादी दल भनिने पार्टीहरु विस्तारै विघट्न तिर गइरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया