दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसार गर्ने अन्तिम दिन बिहीवार सप्तरीमा जनता समाजवादी पार्टी र जनमत पार्टीले शक्ति प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले सदरमुकाम राजविराजमा एकै दिन पालैपालो शक्ति प्रदर्शन गरेका हुन् ।
अघिल्लो दिन सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले शक्ति प्रदर्शन गरेपछि बिहीवार जसपा र जनमतले पनि शक्ति प्रदर्शन गरी मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रयास गरेका हुन् ।
यस क्षेत्रमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जय प्रकाश ठाकुर, जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत बीच मुख्य प्रतिस्पर्धा छ ।
स्थानीय राजरंगशालाबाट हजारौंको संख्यामा जसपा अध्यक्ष यादवको नेतृत्वमा निस्केको जुलुस नगर परिक्रमा गर्दे पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो । चुनावी सभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले मुलुकमा परिवर्तन आएपनि मधेश प्रतिको विभेद अझै कायम रहेको बताए ।
उनले ५३ प्रतिशत जनसंख्या रहेको मधेशमा ३० प्रतिशतको मात्र सहभागिता रहेको दावी समेत गरे । उनले मधेशको नागरिक्ताको समस्या अहिले पनि कायमै रहेको भन्दै जन्मसिद्धका छोराछोरीले नागरिक्ता नपाउनु उनीहरुमाथिको अन्याय रहेको बताए ।
अध्यक्ष यादवले कृषिको पछौटेपन, बेरोजगारी, शिक्षा क्षेत्रको अस्तव्यस्तता, मधेशको पछौटेपनको मुल कारण रहेको भन्दै आफुहरुले त्यसमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यता विहीवारै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा मत माग्दै हजारौंको संख्यामा निस्केको जुलुश नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा चुनावी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहिदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको उल्टै अपमान गरेको टिप्पणी गरे ।
अहिले चलेको जंगल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी रहेको उनले बताए । मधेशको भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेको भन्दै उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।
यस क्षेत्रमा मधेशका प्रभावशालि नेताहरु बीचको प्रतिस्पर्धाले चुनावी रौनकसँगै चुनावी माहौल निकै तताएको छ । मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धनका ठाकुर, जसपा–एमाले गठबन्धनका यादव र जनमता पार्टीका डा. राउत तीनै जना दवावमा छन् ।
जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले सदरमुकाम राजविराजमा एकै दिन पालैपालो शक्ति प्रदर्शन गरेका हुन् ।
- अघिल्लो दिन सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं.
- २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले शक्ति प्रदर्शन गरेपछि बिहीवार जसपा र जनमतले पनि शक्ति प्रदर्शन गरी मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रयास गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया