दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
केन्द्रिय सरकारमा सत्ता साझेदारको रुपमा तथा प्रदेशमा आफ्नै नेतृत्वमा सरकार रहेको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती सप्तरीले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै किसान लक्षित ७ बुँदे माँगसहित बिहीबार प्रधानमन्त्रिलाई ज्ञापन पत्र पठाएको छ ।
वर्षा नहुदाँ किसानहरु समस्यामा परेको तथा धान रोपिसकेको खेत पानी अभावले धाँजा फाट्न थालेको भन्दै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानको अन्य समस्या समेत समाधान गर्न प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विषेश राहत प्याकेजको व्यवस्था, किसानलाई पर्याप्त मल खाद्यको व्यवस्था, किसानले बैंकहरुबाट लिएको ऋणको ब्याज मिनाहा, किसानलाई कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निशुल्क, सिंचाइका लागी व्यापक डिप बोरिङ्ग लगायतका अन्य बैकल्पिक व्यवस्था गर्न लगायतका माग अघि सारिएको छ ।
स्थानीय शिव मन्दिरमा भेला भइ जसपा सप्तरीका अध्यक्ष केदार यादव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, युवा नेता शम्भु यादव, हरेराम यादव, राजेश्वर राय लगायतको अगुवाइमा जसपाका नेताहरु प्रमुख जिल्ला अधिकारी गौतमको कार्यकक्षमा पुृगेर ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइए दिने प्रतिबद्धता जनाए ।
सोही दलका नेता मृृगेन्द्र कुमार सिंह यादव अहिले कृषि तथा पशुपक्षी विकास मन्त्री हुन । सप्तरी मन्त्री सिंहको गृह जिल्ला पनि हो । यता साउनको दोश्रो साता वित्न लाग्दा पनि वर्षा नहुँदा सोचे अनुरुपको रोपाई गर्न नपाएका किसानहरुले मल खाद्य समयमा समेत नपाउँदा थप समस्यामा परेको गुनासो गरेका छन् ।
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
सारांश
- वर्षा नहुदाँ किसानहरु समस्यामा परेको तथा धान रोपिसकेको खेत पानी अभावले धाँजा फाट्न थालेको भन्दै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानको अन्य समस्या समेत समाधान गर्न प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
- बुझाइएको ज्ञापनपत्रमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विषेश राहत प्याकेजको व्यवस्था, किसानलाई पर्याप्त मल खाद्यको व्यवस्था, किसानले बैंकहरुबाट लिएको ऋणको ब्याज मिनाहा, किसानलाई कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निशुल्क, सिंचाइका लागी व्यापक डिप बोरिङ्ग लगायतका अन्य बैकल्पिक व्यवस्था गर्न लगायतका माग अघि सारिएको छ ।
- स्थानीय शिव मन्दिरमा भेला भइ जसपा सप्तरीका अध्यक्ष केदार यादव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, युवा नेता शम्भु यादव, हरेराम यादव, राजेश्वर राय लगायतको अगुवाइमा जसपाका नेताहरु प्रमुख जिल्ला अधिकारी गौतमको कार्यकक्षमा पुृगेर ज्ञापन पत्र बुझाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया