दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
सप्तरीमा मंगलवार एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ ।
यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार उक्त नगरपालिका वडा नं. ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १÷१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ ।
संक्रमित परिवारका ८ जना मध्यै तीन जना महिला रहेका छन् । उक्त परिवारमा दुई दिन अघि एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य ८ जनाको पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी गराए ।
यता संक्रमण पुष्टि भएपछि संक्रमितको घर शिल गरिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टीनमा ल्याई स्वाब संकलनको कार्य थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एकै परिवारका ८ जनासहित ११ संक्रमित
सारांश
- यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् ।
- जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार उक्त नगरपालिका वडा नं.
- ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १÷१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया