तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ

राजविराज राजविराज
|
आइतबार, पौष १३, २०७६
|
|
६४ पटक हेरिएको
Shares
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा समग्र जन उत्थान केन्द्र लहानको सहयोगमा आइतबार राजविराजमा आयोजित जिल्ला स्तरीय नागरिक सुनुवाई कार्यक्रमका सहभागी वक्ताहरुले सो जोड दिएका हुन ।
  •       जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख उपप्रमुख र सरोकारवाला निकायको उपस्थितिमा आयोजित बृहत रुपमा जिल्ला स्तरिय नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
  •       सो कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले जिल्ला प्रहरी कार्यालयद्वारा भएका ५ महिने गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न अपराधका ३ सय ५७ मुद्दा दर्ता भएकोमा २ सय ५० वटा फर्छयोट भई बाँकी १ सय ७ वटा मुद्दा फर्छयोटका क्रममा रहेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
    नेपाल प्रहरीले गरिरहेको अपराध नियन्त्रणका कार्य तथा सुरक्षित समाज निर्माणका लागि सवै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिईएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा समग्र जन उत्थान केन्द्र लहानको सहयोगमा आइतबार राजविराजमा आयोजित जिल्ला स्तरीय नागरिक सुनुवाई कार्यक्रमका सहभागी वक्ताहरुले सो जोड दिएका हुन । 
    जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख उपप्रमुख र सरोकारवाला निकायको उपस्थितिमा आयोजित बृहत रुपमा जिल्ला स्तरिय नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । 
    सो कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले जिल्ला प्रहरी कार्यालयद्वारा भएका ५ महिने गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न अपराधका ३ सय ५७ मुद्दा दर्ता भएकोमा २ सय ५० वटा फर्छयोट भई बाँकी १ सय ७ वटा मुद्दा फर्छयोटका क्रममा रहेको उल्लेख छ ।
    त्यस्तै विभिन्न नाकाबाट अवैध रुपमा भन्सार छली भित्र्याइएको ५९ लाख २० हजार ४ सय २५ रुपैया मालसमान जफत गरी भन्सार कार्यालय बुझाईएको र यस कार्यमा संलग्न २१ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए । 
    यस्तै अदालतको फैसला कार्यन्वयन गराउने सन्दर्भमा विभिन्न मुद्दाका फरार ६ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी २३ जनालाई नियन्त्रणमा लिईसकेको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ । 
    त्यस्तै जिल्लामा आ.व. २०७६÷०७७ मा ३६ महिला, १ पुरुष, २ बालक र ३३ बालिका हराएकोमा विगत ५ महिनाको अवधिमा १६ जनाको उद्घार गरिसकिएको प्रहरी तथ्यांकले देखाएको छ ।
    सो कार्यक्रममा सहभागीहरुले आप्mना गुनासासँगै सुशासन र अपराध मुक्त जिल्ला बनाउन दरिलो सुझाव र सल्लाह दिएका थिए । 
    कार्यक्रममा सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग टाढा रहेर प्रहरीको नीति दिगो बन्न नसक्ने बताउँदै नागरिक सुनुवाई पनि जनता सहभागी बनाउने एउटा माध्यम भएको जिकिर गरे । 
    प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, सचिव जितेन्द्र झा (जितु), महिला अधिकारकर्मी आभासेतु सिंह, काँग्रेस सप्तरीका सभापति दिनेश यादव, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले बोल्दै कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई आत्मसाथ गरी प्रहरी अघि बढन सके धेरै हदसम्म समाजमा शान्ति सुरक्षा कायम हुनुका साथै अपराध न्युनिकरणमा सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । 
    कार्यक्रममा शान्ति सुरक्षाका लागि प्रहरीद्वारा संचालित सामुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरे वापत जिल्लाका सवै १८ वटै स्थानिय तहलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 
बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध