दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीको चर्चित एवं ऐतिहासिक “हनुमाननगर जेल ब्रेक” घट्ना भएको ८२ वर्ष पुरा भएको छ । सोही घटनाको सम्झना र सम्मानका साथै उक्त घटना स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा बिहीबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीद्वारा विहीवार राजविराजमा आयोजित “हनुमाननगर जेल ब्रेक र नेपाल–भारत जनसम्बन्ध एकता” विषयक कार्यक्रमका सहभागी वक्ताहरुले ऐतिहासिक घट्नाको स्मरण र सम्मान सहित उक्त स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन ।
हनुमाननगर जेल आक्रमण प्रकरणको छुट्टै विशेष एवं ऐतिहासिक महत्व रहेकाले सो घटनाको ऐतिहासिकताको स्मरण, सम्मान र चर्चासंगै उक्त स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको पूर्व सिंचाई मन्त्री समेत रहेका नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीका संयोजक उमेश कुमार यादवले बताए ।
भारतका तत्कालिन अंग्रेज शाषकको अनुरोधमा राणा शासकहरुले भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा नेपालबाट पक्राउ परेका भारतीय समाजवादी नेता जय प्रकाश नारायण, राम मनोहर लोहिया, विजया पटबद्र्धन लगायत ७ जनालाई पक्राउ गरी सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरस्थित जेलमा कैद गरेका थिए ।
सन १९४३ मइ २२ (वि.स.२००० जेठ ९ गते) सप्तरीका रामेश्वर सिंह, जय मंगल सिंह, चतुरानन्द सिंह, कृण्णा कामी लगायतका नेताहरुले जेलमा आक्रमण गरी उनीहरुलाई कैद मुक्त गराई भारतमा सुरक्षित साथ पु¥याएका थिए ।
इतिहास विज्ञ डा.पिताम्बर लाल यादवले सोही ऐतिहासिक घट्नाको सम्झना र सम्मान तथा ऐतिहासिक स्थलको विकासका लागी गरिएको कार्यक्रमले सकारात्मक परिणााम ल्याउने बताउँदै भारतको स्वतन्त्रता संग्रामलाई थप उचाईमा पु¥याउन सप्तरीवासीले पनि ठूलो योगदान गरेको सुनाए ।
कार्यक्रममा प्रमुख अतिथी पूर्व निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादव, जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साह, क्याम्पस प्रमुख शुशिल कर्ण, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, नेपाल–भारत मैत्री संघका अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादव, सञ्चारकर्मी शिव नारायण साह, अवधेश झा, विष्णु मण्डल लगायतले पनि बोल्दै ऐतिहासिक महत्वको उक्त स्थलमा विभिन्न आकर्षक संरचना निर्मांण गरी पर्यटकिय स्थलको रुपमा विकास गर्न स्थानीय, प्रदेश र दुबै देशका सरकार मिलेर पहल गर्नू पर्नेमा जोड दिएका थिए । कार्यक्रम संचालन विनयलाल कर्णले गरेका थिए ।
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
सारांश
- नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीद्वारा विहीवार राजविराजमा आयोजित “हनुमाननगर जेल ब्रेक र नेपाल–भारत जनसम्बन्ध एकता” विषयक कार्यक्रमका सहभागी वक्ताहरुले ऐतिहासिक घट्नाको स्मरण र सम्मान सहित उक्त स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन ।
- हनुमाननगर जेल आक्रमण प्रकरणको छुट्टै विशेष एवं ऐतिहासिक महत्व रहेकाले सो घटनाको ऐतिहासिकताको स्मरण, सम्मान र चर्चासंगै उक्त स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको पूर्व सिंचाई मन्त्री समेत रहेका नेपाल–भारत जनमैत्री एकता मञ्च सप्तरीका संयोजक उमेश कुमार यादवले बताए ।
- भारतका तत्कालिन अंग्रेज शाषकको अनुरोधमा राणा शासकहरुले भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा नेपालबाट पक्राउ परेका भारतीय समाजवादी नेता जय प्रकाश नारायण, राम मनोहर लोहिया, विजया पटबद्र्धन लगायत ७ जनालाई पक्राउ गरी सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरस्थित जेलमा कैद गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया