सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप

राजविराज राजविराज
|
बिहिबार, भाद्र १०, २०७८
|
|
३८ पटक हेरिएको
Shares
सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप

सारांश

  • दैनिक समाचारदाता राजविराज, १० भदौं ।
  •       सप्तरी जिल्लामा कोभिड १९ बिरुद्धको पूर्ण खोप ५५ हजार जनताले लगाएका छन् ।
  •       जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको कुल जनसंख्याको ८ दशमलब ५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।

— पहिलो डोज ६९ हजार ५ सयले लगाए
— भदौं १६ देखी दोश्रो डोज लगाउने तयारी
— कक्षा १२ का विद्यार्थीलाई पनि खोप लगाउने तयारी
दैनिक समाचारदाता
राजविराज, १० भदौं । 
    सप्तरी जिल्लामा कोभिड १९ बिरुद्धको पूर्ण खोप ५५ हजार जनताले लगाएका छन् । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको कुल जनसंख्याको ८ दशमलब ५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् । 
    स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले २० हजारले भेरोसेलको दुबै डोज तथा ३५ हजारले जोन्सन एण्ड जोन्सनको डोज लगाएको जानकारी दिएका छन् । 
    यस्तै उनका अनुसार भेरोसेलको ४२ हजार ५ सय तथा २७ हजारले कोभिसेल गरि ६९ हजार ५ सयले पहिलो डोज लगाएका छन् ।
    उनले कोभिसेलको पहिलो होज लगाइसकेका २७ हजारलाई भदौको १६ गते बाट दोश्रो डोज लगाउने तयारी भईरहेको बताए । भदौं १६ देखी सबै स्थानिय तहको सबै वडामा दोश्रो डोजको रुपमा स्ट्रेजिनिका लगाउने सम्पूर्ण तयारी भइसकेको बताए । 
    प्रमुख यादवले भदौंको १६ गतेदेखी कक्षा १२ का विद्यार्थीहरुका लागि पनि खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले भने, “कक्षा १२ का विद्यार्थीहरुले खोप लगाउन आ–आफ्नो विद्यालयको परिचयपत्र लिएर आउनुपर्छ ।”
    जिल्लामा पहिलो चरणको कोरोना महामारीमा १ हजार ८ सय ३३ तथा दोश्रो चरणको महामारीमा २ हजार ४ सय ७ जना गरि हालसम्म ४ हजार २ सय ४० जना संक्रमित भएका छन् । 
    यस्तै पहिलो चरणको कोरोना महामारीमा ४१ जना तथा दोश्रो चरणको महामारीमा १ सय १८ जना गरि १ सय ५९ जनाको मृत्यु भएको स्वास्थय कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
बम बिष्फोटको आरोपमा दुई  जना हतियारसहित पक्राउ 
बम बिष्फोटको आरोपमा दुई  जना हतियारसहित पक्राउ 
प्रियालाई उर्मिला स्मृति पुरस्कार
प्रियालाई उर्मिला स्मृति पुरस्कार
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?