— पहिलो डोज ६९ हजार ५ सयले लगाए
— भदौं १६ देखी दोश्रो डोज लगाउने तयारी
— कक्षा १२ का विद्यार्थीलाई पनि खोप लगाउने तयारी
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सप्तरी जिल्लामा कोभिड १९ बिरुद्धको पूर्ण खोप ५५ हजार जनताले लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको कुल जनसंख्याको ८ दशमलब ५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले २० हजारले भेरोसेलको दुबै डोज तथा ३५ हजारले जोन्सन एण्ड जोन्सनको डोज लगाएको जानकारी दिएका छन् ।
यस्तै उनका अनुसार भेरोसेलको ४२ हजार ५ सय तथा २७ हजारले कोभिसेल गरि ६९ हजार ५ सयले पहिलो डोज लगाएका छन् ।
उनले कोभिसेलको पहिलो होज लगाइसकेका २७ हजारलाई भदौको १६ गते बाट दोश्रो डोज लगाउने तयारी भईरहेको बताए । भदौं १६ देखी सबै स्थानिय तहको सबै वडामा दोश्रो डोजको रुपमा स्ट्रेजिनिका लगाउने सम्पूर्ण तयारी भइसकेको बताए ।
प्रमुख यादवले भदौंको १६ गतेदेखी कक्षा १२ का विद्यार्थीहरुका लागि पनि खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले भने, “कक्षा १२ का विद्यार्थीहरुले खोप लगाउन आ–आफ्नो विद्यालयको परिचयपत्र लिएर आउनुपर्छ ।”
जिल्लामा पहिलो चरणको कोरोना महामारीमा १ हजार ८ सय ३३ तथा दोश्रो चरणको महामारीमा २ हजार ४ सय ७ जना गरि हालसम्म ४ हजार २ सय ४० जना संक्रमित भएका छन् ।
यस्तै पहिलो चरणको कोरोना महामारीमा ४१ जना तथा दोश्रो चरणको महामारीमा १ सय १८ जना गरि १ सय ५९ जनाको मृत्यु भएको स्वास्थय कार्यालयले जनाएको छ ।
सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप
सारांश
- दैनिक समाचारदाता राजविराज, १० भदौं ।
- सप्तरी जिल्लामा कोभिड १९ बिरुद्धको पूर्ण खोप ५५ हजार जनताले लगाएका छन् ।
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको कुल जनसंख्याको ८ दशमलब ५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया