दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
भारतबाट तस्करी गरि नेपाल ल्याउँदै गरेको कपडा लगायतका सामान प्रहरीले बिहीबार बरामद गरेको छ ।
पैदल गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडकखण्ड क्षेत्रबाट चेकजाँचको क्रममा गलैचा, तन्ना र सिरकका खोल लगायतको सरसामान बरामद गरेको हो ।
साइकलमा लोड गरेर ल्याउँदै गरेका ब्यक्ति भने उक्त सामान प्रहरी देख्ना साथ सडकमै छाडेर भागेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बरामद सामान र साइकलको मुल्याङ्कन पश्चात् आवश्यक कानुनी प्रक्रियाका लागि राजविराज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरी पैठारी नियन्त्रण गर्न विशेष अभियान नै चलाएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जनाए ।
पछिल्लो ३७ दिनको अवधीमा प्रहरीले भन्सार छलेर चोरी पैठारी गरि ल्याइएका ४७ लाख ६ हजार ५ सय मुल्य बराबरको विभिन्न सरसामान जफत गरी राजविराज भन्सार ककार्यालय चलान गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
केही समययता प्रहरीले भारतीय सीमावर्ती क्षेत्रमा निगरानी कडा पारेपछी चोरी पैठारी गरि ल्याइएका विभिन्न मालसामान दिनहुँजसो बरामद हुने क्रम बढेको छ ।
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
सारांश
- पैदल गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडकखण्ड क्षेत्रबाट चेकजाँचको क्रममा गलैचा, तन्ना र सिरकका खोल लगायतको सरसामान बरामद गरेको हो ।
- साइकलमा लोड गरेर ल्याउँदै गरेका ब्यक्ति भने उक्त सामान प्रहरी देख्ना साथ सडकमै छाडेर भागेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- बरामद सामान र साइकलको मुल्याङ्कन पश्चात् आवश्यक कानुनी प्रक्रियाका लागि राजविराज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया