प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 

राजविराज राजविराज
|
सोमबार, माघ ३, २०७८
|
|
७७ पटक हेरिएको
Shares
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 

सारांश

  •     प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश र राजधानी जनकपुरभएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
  •     प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम राख्ने दुबै प्रस्ताव दुई तिहाई बहुमतका साथ पास भएको हो ।
  •       प्रदेशको नामका लागि दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद मध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।

दैनिक समाचारदाता
जनकपुरधाम, ३ माघ ।
    प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । 
    प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश र राजधानी जनकपुरभएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
    प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम राख्ने दुबै प्रस्ताव दुई तिहाई बहुमतका साथ पास भएको हो । 
    प्रदेशको नामका लागि दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद मध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।
    सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।     जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।
    तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
    यसअघि कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।
    यसअघि प्रदेशसभाको पहिलो बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको छ । राजधानी जनकपुरधाम तोक्ने प्रस्तावमा प्रदेशसभामा मतदान हुँदा सहभागि ९९ सांसद मध्ये ७८ वटा मत परेको हो ।
    प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।
    प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज–पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन बालबालिका अझै वेपत्ता
तीन बालबालिका अझै वेपत्ता
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ 
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन