दैनिक समाचारदाता
जनकपुर, १ असार ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सो बजेट प्रस्तुत गर्दै चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रहेको बताए । यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ रहेको छ ।
प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि मन्त्रालयका लागि समग्रमा पोने ३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।
उनले कृषि मिटरमा ७५ प्रतिशत अनुदान दिने, किसानको समस्या बुझ्न हटलाइन सेवा सञ्चालन गर्ने, सिँचाइको व्यवस्था पालिकासँगको सहकार्यमा गरिने, सामूहिक खेतीमा जोड दिइने लगायतका योजनाहरूका लागि बजेट विनियोजन गरेका छन् ।
बजेटमा सप्तरी
सो बजेटमा राजबिराज, जनकपुर र वीरगंजमा स्थानिय तहको सहकार्यमा “हरित शहर स्वच्छ शहर” को रुपमा बिकास गर्न सघन कार्यक्रम सञ्चालनको लागि रु १५ करोड बिनियोजन गरिएको छ ।
त्यस्तै धार्मिक एवं साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि सप्तरीको छिन्नमस्ता मन्दिर, कंकालिनी मन्दिर र शम्भुनाथ मन्दिरलगायत अन्य जिल्लाका गरि ११ स्थानमा ३० करोड बिनियोजन गरिएको छ ।
जिल्लाको तिलाठीस्थित नाक कान घाँटी अस्पताल निर्माणका लागि ६ करोड बजेट बिनियोजन गरिएको छ भने प्रदेशको ८ वटै जिल्लामा बैकल्पिक स्वास्थ्य उपचार पद्धतीको (आयुर्वेद, होमियोपैथि आदी) सेवा बिस्तार एवं सुदृढिकरणका लागि यथोचित बजेट बिनियोजन गरिनुका साथै ८ वटै जिल्लाको आयुर्वेदक अस्पतालहरुमा प्रयोगशाला निर्माणका लागि ८ करोड बिनियोजन गरिएको छ ।
पत्रकारिता क्षेत्र
पत्रकारिता क्षेत्रको उत्थानका लागि पत्रकार बृत्ति कार्यक्रम, मधेश पत्रकारिता पुरस्कार, पत्रकार अध्ययन छात्रबृति तथा महिला पत्रकारहरुको लागि विशेष सुरक्षा कार्यक्रम, पत्रकार प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिएको छ ।
संचार क्षेत्रको संस्थागत विकासलाई ध्यान दिँदै मिडिया काउन्सील, आमसंचार प्राधिकरण एवं चलचित्र तथा लोक संचार प्रवद्र्धन बोर्डका लागि ३० करोड ५० लाख बिनियोजन गरिएको छ । आम नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता र सूचनाको हक प्रत्याभूती गराउन लोक कल्याणकारी विज्ञापन कार्यक्रममा २ करोड बिनियोजन गर्नुका साथै समग्र गृह तथा संचार मन्त्रालयको लागि ६४ करोड ३३ लाख २० हजार रकमको ब्यवस्था ।
बजेटमा पर्सादेखी सप्तरी जिल्लासम्मको मधेशशहिद राजमार्गको अध्ययनका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट
सारांश
- बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सो बजेट प्रस्तुत गर्दै चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रहेको बताए ।
- यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ रहेको छ ।
- प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया