दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
जिल्ला खेलुकुद विकास समिति सप्तरीका नव नियुक्त कार्यालय प्रमुख दिनेश भुजेललाई बुधबार कार्यालयमा सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आयोजित एक समारोहविच उनलाई विभिन्न खेलसँग सम्वद्ध संघसंस्थाका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा कर्मचारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएर सम्मान गरे ।
भारत्तोलनका प्रशिक्षक रहेका भुजेललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार कार्यालय प्रमुखको जिम्मेवारी समेत दिईएको हो ।
सो अवसरमा बोल्दै नवनियुक्त प्रमुख भुजलले समितिको ब्यवस्थापन चुस्त दुरुस्त वनाउनुका साथै जिल्लामा खेलकुद गतिविधि तिव्र वनाउने र खेल क्षेत्रको विकासका लागि विभिन्न नीति वनाएर अघि वढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मा, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझी, पत्रकार मनोहर पोखरेल, कराँते प्रशिक्षक विजयमान सिंह थापा, संजय परियार, संजय जोशी, उमेश गुरुङ्ग, फुटवलका प्रशिक्षक राजकुमार परियार, प्रकाश मल्ल, रमेश श्रेष्ठ, कवड्डिका प्रशिक्षक उमेश प्रधान, एथलेटिक्स संघका अध्यक्ष देवकान्त चौधरी, भलिवलका अध्यक्ष विरेन्द्र यादव लगायतले शुभकामना दिएका थिए ।
शुभकामना दिँदै वक्ताहरुले विगतमा खेलकुदको क्षेत्रमा अब्बल रहेको सप्तरी जिल्ला पछिल्लो समय पछाडी परेकाले यसलाई सकृय भई अघि वढाउन सुझाव समेत दिए ।
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
सारांश
- जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आयोजित एक समारोहविच उनलाई विभिन्न खेलसँग सम्वद्ध संघसंस्थाका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा कर्मचारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएर सम्मान गरे ।
- भारत्तोलनका प्रशिक्षक रहेका भुजेललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार कार्यालय प्रमुखको जिम्मेवारी समेत दिईएको हो ।
- सो अवसरमा बोल्दै नवनियुक्त प्रमुख भुजलले समितिको ब्यवस्थापन चुस्त दुरुस्त वनाउनुका साथै जिल्लामा खेलकुद गतिविधि तिव्र वनाउने र खेल क्षेत्रको विकासका लागि विभिन्न नीति वनाएर अघि वढ्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया