दैनिक समाचारदाता
राजबिराज, २४ मंसिर ।
राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेल बारा र सिरहाबीच हुने भएको छ ।
शुक्रबार सम्पन्न दुई वटा खेलमा बारा र मत्तोतरी बिजय भएका छन । शुक्रवार पहिलो खेलमा महोत्तरीले सर्लाहीलाई ८ बिकेट तथा दोस्रो खेलमा बाराले सप्तरीलाई १ सय १ रन पराजित गरेको हो ।
पहिलो खेलमा सर्लाहीले टस जितेर १८ ओभरमा १० बिकेट गुमाएर ७४ रन जोड्यो । जसमा श्रृया थापा ६ रन वाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन भने ६१ रन अतिरिक्त आएको छ । बलिङतर्फ महोत्तरीकी पुष्पा फुयाल ४ बिकेट, रोजी कडारी र रितु गरी २÷२ बिकेट हात पारेकी थिइन् ।
प्रतिउत्तरमा महोत्तरीले १० ओभरमा २ बिकेट गुमाई जित हात पा¥यो । जसमा गोमा आले २३ रन जोडेकी थिइन् भने बलिङतर्फ सर्लाहीकी तुलसी बिश्वकर्मा १ र सुमित्रा देवकोटा १ बिकेट लिइन् । खेलको म्यान अफ दि प्लेयर महोत्तरीकी पुष्पा फुयाल घोषित भइन् ।
यस्तै दोस्रो खेलमा बाराले टस जितेर २० ओभरमा ४ बिकेट गुमाएर १ सय ५९ रनको योगफल बनायो । जसमा प्रतिमा साह ७१ रन, एलिसा यादब २२ तथा सोनी कुशवाहा अविजित १८ रन जोडेकी थिइन् । बलिङतर्फ सप्तरीकी सृजना चौधरी २ बिकेट र नितु चौधरीले १बिकेट हात पारेकी थिइन् ।
प्रतिउत्तरमा सप्तरीले १६ ओभर १ बलमा सबै बिकेट गुमाई ५८ रन मात्र बनाएको थियो । जसमा मनिका चौधरीले १४ रन बाहेक कुनै पनि खेलाडी दोहोर अंक पार गर्न सकेनन् । बलिङतर्फ बाराकी मोनिका साह र प्रतिमा साहले २÷२ बिकेट, प्रिंयका साह, बन्दना गुप्ता १÷१ बिकेट हात पारेपछि बारालाई जित सहज भएको हो । खेलको प्लेयर अफ म्याच प्रतिमा साहलाई पुर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीले कप प्रदान गरे ।
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
सारांश
- शुक्रबार सम्पन्न दुई वटा खेलमा बारा र मत्तोतरी बिजय भएका छन ।
- शुक्रवार पहिलो खेलमा महोत्तरीले सर्लाहीलाई ८ बिकेट तथा दोस्रो खेलमा बाराले सप्तरीलाई १ सय १ रन पराजित गरेको हो ।
- पहिलो खेलमा सर्लाहीले टस जितेर १८ ओभरमा १० बिकेट गुमाएर ७४ रन जोड्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया