दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरी जिल्लामा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा २ सय ८५ मतदानस्थल रहेकोमा यस पटक २ सय ९७ पु¥याइएको हो ।
गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् । ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेको सप्तरीमा मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो ।
यस्तै अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् । नयाँ थपिएका मतदातासहित जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि मतदाताको कुल संख्या ४ लाख १२ हजार ४ सय ४५ पुगेको छ । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयमसेवक परिचालन गरिने छ ।
एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगिसहित करिब दुई हजार ७ सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिएका छन् ।
यता प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति पनि तयार पारिसकिएको जानकारी दिएका छन् । उनले निर्वाचन सुरक्षाका लागि २ हजार ४९ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन हुने जानकारी दिए । यस बाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाप्रबन्धमा सघाउने उनको भनाई छ ।
जिल्लाका ५ सय ३६ वटा मतदान केन्द्रलाई सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरि तीन तहमा विभाजन गरिएको भन्दै उनले आवश्यकता अनुसारको फरक फरक सुरक्षा व्यवस्था मिलाइने जनाए ।
सप्तरीमा सबै भन्दा बढी राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ मतदाता छन् । सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा सप्स्१४ हजार ४ सय १८ मतदाता छन् ।
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५
सारांश
- गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।
- ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेको सप्तरीमा मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो ।
- यस्तै अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया