दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
कारागार कार्यालय सप्तरीमा बन्दी जिवन विताएको बेला कारागारकै कर्मचारीबाट बलत्कृत भएको भन्दै एक महिला कैदीबन्दीले प्रहरीमा जाहेरी दिएकी छिन् ।
पीडित भनिएकी महिलाले राजविराज कारागारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनरायण यादवले ८ महिना अघि कारागारको प्रशासनिक कक्ष भित्रै लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध जाहेरी दिएकी हुन् । जाहेरी परेपछि अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुुरु गरेको छ ।
ती महिला कैदीबन्दी राजविराज कारागारबाट जेल सरुवा भई उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
घटना विवरण अनुसार २०८१ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगी चन्दनले ‘जरुरी काम छ’ भन्दै कार्यालय कोठाको विजुलीघरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । ‘एसिड खन्याएर मारिदिन्छु’ भनेपछि आफू डरत्रासका कारण प्रतिवाद गर्न नसकेको उनले जाहेरीमा लेखेकी छिन् ।
अहिले सो जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुर हुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आईपुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले उक्त जाहेरी भदौ ३० गते प्राप्त भएको जानकारी दिदै घट्नाबारे सुक्ष्म अनुसंधान थालिएको बताए ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र आत्महत्या दूरुत्साहन कसुरमा राजविराज कारागारमा बन्दी जिवन बिताई रहेकी थिईन् । घट्ना भएको भनिएका बेला उनी नाईकेको जिम्मेवारीमा थिईन् ।
यता बलात्कारको आरोप लागेका चन्दनले ति महिलाले लगाएको आरोप बिलकुलै असत्य रहेको दावी गरेका छन् । जेलर प्रविण कुमार अधिकारीले आफू दुई महिना अघि सरुवा भई यहाँ आएको र सो घट्नाबारे आफ्नो स्तरबाट पनि बुझ्ने काम गरिरहेको जनाएका छन् ।
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप
सारांश
- पीडित भनिएकी महिलाले राजविराज कारागारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनरायण यादवले ८ महिना अघि कारागारको प्रशासनिक कक्ष भित्रै लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध जाहेरी दिएकी हुन् ।
- जाहेरी परेपछि अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुुरु गरेको छ ।
- ती महिला कैदीबन्दी राजविराज कारागारबाट जेल सरुवा भई उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया