दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
बढ्दै गएको लागु औषध सेवनकर्ता र साइबर अपराधलाई न्युनिकरण गर्न सचेतनाका साथै सप्तरी प्रहरीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा प्रशिक्षण समेत दिइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिहीबार राजविराजस्थित पाराडाइज क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध बारे सचेतना जगाउन प्रशिक्षण दिएको हो ।
विद्यार्थीलाई लागु औषध सेवनले पुर्याउने शारिरीक, मानसिक र सामाजिक क्षति तथा साइबर अपराध के हो भन्ने समेत थाहा नहुने गरेकाले यस्ता बिकृती र अपराध रोक्न प्रहरीले विद्यालय र क्याम्पसबाटै सचेतना फैलाउन अभियान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले क्याम्पस प्राङ्गणमा पुगेर विद्यार्थीलाई लागु औषध सेवनले गर्ने हानी तथा साइबर अपराधले निम्त्याउने घटना बारे बिस्तृत जानकारी र प्रशिक्षण दिएका छन् ।
निर्दोषका लागि धर्मराज र दोषिका लागि यमराज जस्तै आफूहरु भएको बताउँदै उनले सुरक्षित समाज निर्माणको हाम्रो अभियान सफल बनाउन विद्यार्थी, अभिभावक र समाजका सबै वर्ग समुदायलाई सहयोग गर्न आग्रह समेत गरे ।
प्रहरी उपरिक्षक राजेन्द्र धमलाले लागु औषधको सेवन र साइबर अपराधका घटना बृद्धी भइरहेका बेला विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई त्यसबाट बचाउन र अपराध न्यूनिकरण गर्न यस्तो अभियान चलाइएको र जिल्लाका हरेक शिक्षण संस्थामा उक्त कार्यक्रम पुर्याउने योजना रहेको बताए ।
विद्यालय र क्याम्पसमा लागुऔषध र साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी
सारांश
- जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिहीबार राजविराजस्थित पाराडाइज क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध बारे सचेतना जगाउन प्रशिक्षण दिएको हो ।
- विद्यार्थीलाई लागु औषध सेवनले पुर्याउने शारिरीक, मानसिक र सामाजिक क्षति तथा साइबर अपराध के हो भन्ने समेत थाहा नहुने गरेकाले यस्ता बिकृती र अपराध रोक्न प्रहरीले विद्यालय र क्याम्पसबाटै सचेतना फैलाउन अभियान थालेको जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले क्याम्पस प्राङ्गणमा पुगेर विद्यार्थीलाई लागु औषध सेवनले गर्ने हानी तथा साइबर अपराधले निम्त्याउने घटना बारे बिस्तृत जानकारी र प्रशिक्षण दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया