दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
नेपाल–भारत मैत्रीसंघ सप्तरीको आयोजना तथा छिन्नमस्ता एजुकेशनल एकेडमी एण्ड मेडिकल कलेज प्रा.लि.राजविराजको सहकार्यमा आईतवारदेखि सात दिने निःशुल्क स्वास्थ्य शिविर सूरु भएको छ ।
छिन्नमस्ता अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले शिविरको उदघाटन गरे ।
शिविरमा स्त्री रोग, बालरोग, हार्डजोर्नी रोग, दन्तरोग, मधुमेह, अबुद्र्ध (क्यान्सर), न्यूरो, युरोलोजिष्ट लगायत रोगको निःशल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिए ।
काठमाण्डौं, विराटनगर र राजविराजका गरी २३ वटा बरिष्ठ चिकित्सक (विभिन्न रोगका विशेषज्ञ सहित) को टोलीले उपचार सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्स्यामा रहेकाहरुलाई लक्षित गरी संचालित शिवीरले धेरै विरामीलाई राहत प्रदान गर्ने जनाइएको छ ।
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
सारांश
- छिन्नमस्ता अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले शिविरको उदघाटन गरे ।
- शिविरमा स्त्री रोग, बालरोग, हार्डजोर्नी रोग, दन्तरोग, मधुमेह, अबुद्र्ध (क्यान्सर), न्यूरो, युरोलोजिष्ट लगायत रोगको निःशल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिए ।
- काठमाण्डौं, विराटनगर र राजविराजका गरी २३ वटा बरिष्ठ चिकित्सक (विभिन्न रोगका विशेषज्ञ सहित) को टोलीले उपचार सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया