शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी

राजविराज राजविराज
|
शनिबार, पौष २६, २०७६
|
|
६५ पटक हेरिएको
Shares
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी

सारांश

  •     एक सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य १३ ओभरमा १ बिकेटको नोक्सानीमै सजिलै भेटाएका थिए ।
  • शिब्सका लागि भोला साहले नटआउट रहदै ४३ बलमा ९ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने कमल किशोर मण्डलले ३४ बलमा नटआउट रहि २७ रनको योगदान दिएका थिए ।
  • पबिका तर्फबाट १ मात्र बिकेट बिष्णु मण्डलले प्राप्त गरेको थियो ।

    राजबिराज÷राजविराजमा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा शिब्स इन्टरनेश्नल र लिटिल एन्जल बिजयी भएका छन् । 
    सप्तरी क्रिकेट संघको सहकार्यमा ग्रिन नेपाल राजबिराजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा पबिमाबिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेका थिए । 
    पबिका लागि गुड्डु रायले नटआउट रहि ३७ तथा कि«स राय १६, शौरभ झा १२, संजय यादव ११ र बिष्णु मण्डल नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ शिब्सका तर्फबाट बिशाल यादवले ३ तथा राज बर्मा र अजय यादवले १÷१ बिकेट लिएका थिए । 
    एक सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य १३ ओभरमा १ बिकेटको नोक्सानीमै सजिलै भेटाएका थिए । शिब्सका लागि भोला साहले नटआउट रहदै ४३ बलमा ९ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने कमल किशोर मण्डलले ३४ बलमा नटआउट रहि २७ रनको योगदान दिएका थिए । पबिका तर्फबाट १ मात्र बिकेट बिष्णु मण्डलले प्राप्त गरेको थियो । 
    खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेका शिब्स ईन्टरनेश्नलका भोला साहलाई कामना बिकास बैंकका प्रबन्धक सुर्यनारायण मुखियाले नगद तथा ट्रफी प्रदान गरेका थिए । 
    त्यस्तै शनिवारै सम्पन्न दोश्रो खेलमा लिटल एन्जलले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । 
    लिटल एन्जलका लागि नितेश यादवले ४३ बलमा ७ चौक्काको मद्धतले नटआउट रहि ५६ रनको योगदान दिएका थिए भने भोगेन्द्र यादवले ३८ रनको योगदान दिएका थिए । बलिंग तर्फ केअमाबिका तर्फबाट गोलु सिंह, संतोष मण्डल, मो. सदाम र मो. सेहनबाजले सामान १ बिकेट लिएका थिए । 
    एक सय ५२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको पबिमाबि लिटल एन्जलको धारिलो बलिंग सामु निरिह हुदै १३ ओभर ४ बलमै आफनो सम्पुर्ण बिकेट गुमाई ६३ रनमै समेटिएको थियो । पबिलाई सस्तोमा समेटन लिटल एन्जलका तर्फबाट गणेश झा, रुपक यादव, नितेश यादव र राहुल बिकले सामान २ बिकेट तथा आशुतोष यादवले १ बिकेट लिएका थिए । 
    खेलको म्यान अफ द म्याच अलराउण्ड प्रर्दशन गरे वापत लिटल एन्जलका नितेश यादवलाई प्रभु बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक राजकुमार साहले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?