दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग

राजविराज राजविराज
|
शुक्रबार, जेठ २०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग

सारांश

  •     मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र अर्थ राज्यमन्त्री उषा यादबलाई उक्त माग पत्र बुुझाइएको छ ।
  •       दलित सरोकार मञ्चकी कार्यकारी निर्देशक प्रमिला कुमारी पासवान, राष्ट्रिय दलित पत्रकार संघ धनुुषाका अध्यक्ष कुुलदीप दासले शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा दलित समुुदायको तर्फबाट आर्थिक वर्ष २०७९÷८० मा समेटने पर्ने विषयहरु माग पत्रको रुपमा बुुझाएका हुन्  ।
  •     मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा दलित सशक्तीकरण ऐन पूर्णरूपमा कार्यान्वयन गर्न बजेट बिनयोजन गर्न माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
    दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप ८, सप्तरी र राष्ट्रिय दलित पत्रकार संघको अगुवाईमा मधेश प्रदेश सरकारलाई दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग गरिएको छ ।
    मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र अर्थ राज्यमन्त्री उषा यादबलाई उक्त माग पत्र बुुझाइएको छ । 
    दलित सरोकार मञ्चकी कार्यकारी निर्देशक प्रमिला कुमारी पासवान, राष्ट्रिय दलित पत्रकार संघ धनुुषाका अध्यक्ष कुुलदीप दासले शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा दलित समुुदायको तर्फबाट आर्थिक वर्ष २०७९÷८० मा समेटने पर्ने विषयहरु माग पत्रको रुपमा बुुझाएका हुन्  ।
    मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा दलित सशक्तीकरण ऐन पूर्णरूपमा कार्यान्वयन गर्न बजेट बिनयोजन गर्न माग गरिएको छ । कोरोनाबाट सिर्जित भोखमरी, गरिवी र बेरोजगारीका लागि प्रदेश सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा कार्यक्रम ल्याउन, छुवाछुत विभेदबारे गैर दलितहरुलाई पालिका तहमा अभियान संचालन गर्न, ऋण लिएर वैदेशिक रोजगारीमा गएकाको ऋण मिनाहा (सरकारले तिरिदिने) गर्नुका साथै उनीहरूलाई सीप अनुसारको एक घर एक रोजगारी व्यवस्था गर्न माँग गरेका छन् । 
    त्यसैगरि त्यस किसानको वर्गीकरण गर्नुका साथै भूमिहीन तथा साना किसानका लागि विशेष राहत प्याकेज बजेटमा ल्याउन, मौखिकरूपमा जग्गा ठेक्का वा करारमा खेती गर्नेलाई पालिकाको रोहबरमा लिखितम् हुने व्यवस्था मिलाउनका साथै त्यस्ता किसानका लागि ठेक्कावा करार बापतको रकम प्रदेश सरकारले तिर्ने व्यवस्था गर्नुका साथै बीउबिजन र मलखादमा अनुदानको व्यवस्था गर्न लगायतका माग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन