दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित गोबरगाढाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ ।
शनिबार राती ९ बजेतिर भारतीय सीमासँग जोडिएको गोबरगाढाको छतौनी क्षेत्रमा तस्करले घोडामा लोड गरि लैजादै गरेको अवस्थामा १ सय ८४ केजी गाजा बरामद गरेको हो ।
घोडासहित बरामद गाजा ल्याउने क्रममा बाटोमा केही अज्ञात समूहले अवरोध गरि गाजा खोस्ने प्रयास गरेको र यस क्रममा एक राउण्ड हवाई फायर गर्दा उनीहरु भागेको प्रहरीको भनाई छ ।
प्रहरी टोली देख्नासाथ तस्कर भने फरार भएको र खोजी कार्य भइरहेको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
सप्तकोशी नदीको भेलले घेरिएको उक्त गाउँमा यसअघि डुङ्गाको प्रयोग गरि केही तस्करहरुले भारततर्फ गाजा तस्करी गर्ने गरेकोमा पहिलो पटक घोडाबाट पनि गाजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ ।
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
सारांश
- शनिबार राती ९ बजेतिर भारतीय सीमासँग जोडिएको गोबरगाढाको छतौनी क्षेत्रमा तस्करले घोडामा लोड गरि लैजादै गरेको अवस्थामा १ सय ८४ केजी गाजा बरामद गरेको हो ।
- घोडासहित बरामद गाजा ल्याउने क्रममा बाटोमा केही अज्ञात समूहले अवरोध गरि गाजा खोस्ने प्रयास गरेको र यस क्रममा एक राउण्ड हवाई फायर गर्दा उनीहरु भागेको प्रहरीको भनाई छ ।
- प्रहरी टोली देख्नासाथ तस्कर भने फरार भएको र खोजी कार्य भइरहेको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया