दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
तीज महोत्सवका लागि राजविराजमा मंगलबार सम्पन्न एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।
राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहेकी छिन् ।
समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समुहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई बिशेष उपहार प्रदान गर्ने जनाएको छ ।
वैठकले महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा २१ सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरेको छ । तीज महोत्सवलाई थप व्यवस्थित गर्न आगामी वैठकले पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति र मञ्च व्यवस्थापन उपसमिति गठन गर्ने जनाएको छ ।
राजविराज जेसीजको संलग्नतामा महिला अधिकारकर्मीहरुले पछिल्लो केही वर्षदेखि मनाउँदै आएको तीज महोत्सव गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन् ।
प्रतियोगितामा सहभागी हुन चाहने ३ जनाको समूहले मनको पीडा र भोगेका वेदना, खुशी र समस्यालाई मौलिक गीत–नृत्यमार्फत प्रस्तुती दिनु पर्ने आयोजकले जनाएको छ ।
तीज महोत्सव मूल समारोह समिति गठन
सारांश
- राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
- कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहेकी छिन् ।
- समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समुहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई बिशेष उपहार प्रदान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया