दैनिक समाचारदाता
राजविराज, १ माघ ।
माघे संक्रान्तिका अवसरमा बिहीबार राजविराजमा बिरामीलाई फलफुल तथा साधुसन्तहरुलाई मिष्ठान भोजन र न्यानो कपडा बितरण गरिएको छ ।
नेपाल अग्रवाल सभा राजविराजले बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।
अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।
असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।
यसअघि सभाकै अगुवाईमा स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो लुगा समेत बितरण गरिएको छ । बितरण कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष धनश्याम बजाज, कोषाध्यक्ष सुरेश अग्रवाल, लालु अग्रवाल, सुरेश रुङटा लगायत सहभागि थिए ।
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण
सारांश
- नेपाल अग्रवाल सभा राजविराजले बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।
- अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।
- असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया