आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना

राजविराज राजविराज
|
बिहिबार, माघ ४, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना

सारांश

  •     वडा सदस्यहरुले राजविराज नगरपालिकामा एक घण्टे धर्ना दिएका छन् ।
  • सात दिन अघि ७ बुंदे माग राख्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनलाई ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापन पत्र उपर खासै पहल नगरेको देखिएकाले बाध्य भई धर्ना कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।
  •       राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौदेखि घर तथा खाली जग्गामा भएका हजारौ परिवार वसोवास गर्छन ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    बिटोरी जग्गाको समस्या समाधानसहित विभिन्न सात बुँदे माग सम्बोधन नभएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यहरुले बिहीबारदेखी नगरपालिका कार्यालय परिसरमै धर्ना दिएका छन् । 
    वडा सदस्यहरुले राजविराज नगरपालिकामा एक घण्टे धर्ना दिएका छन् । सात दिन अघि ७ बुंदे माग राख्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनलाई ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापन पत्र उपर खासै पहल नगरेको देखिएकाले बाध्य भई धर्ना कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए । 
    राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौदेखि घर तथा खाली जग्गामा भएका हजारौ परिवार वसोवास गर्छन । वाउ–बाजेको पालादेखि रहेको आफ्नो जग्गाको लालपुर्जा नहुदा समस्या पर्दा विक्रि वितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसकेको स्थितीमा पुग्दा उनीहरु चर्काे ब्याजदरमा ब्यक्ति सँग ऋण लिन बाध्य भएका छन् ।
    बि.स. २०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ हजारौं परिवार वर्षौदेखि लालपुर्जा नपाएको नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रकृया समेत लामो समयदेखि रोकिएपछि मार्कामा परेका छन् । 
    विगत ७ वर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरको मुख्य बजारका वासिन्दा बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बन्चित भएका हुन् । 
    पहिले पहिले बिटौरी  रसिद कै आधारमा बैंकमा जग्गा धितो राखी कारोबार हुन्थ्यो, वडा सदस्य दिपक शर्माले भने –“विगत सात वर्ष देखि मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन नमानेका कारण नगरका झण्डै ५ हजार भन्दा बढी परिवार कस्टकर जीवन विताउन बाध्य छन ।” 
    यता बिटोरी जग्गा हरेक चुनावमा उम्मेदवारको चुनावी एजेन्डा बन्ने गरेको छ । तर सो मुद्दा एजेन्डा र घोषणा पत्रमा मात्र सिमित रहने गरेको नगरवासीको गुनासो छ । 
    संघर्ष समितिले नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरसभाबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगरको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्नूृ पर्ने, छाडा पशु चौपाया नियन्त्रण तथा नगर प्रहरी भर्ना प्रक्रिया अविलम्ब शुरु गर्नु पर्ने लगायतका माग पनि अघि सारेको छ । 
    नगरको वडा सदस्यहरुको बृहत भेलाबाट वडासदस्य देवको संयोजकत्वमा गठित संघर्ष समितिले माँग पुरा नभएसम्म दैनिक रुपमा धर्ना कार्यक्रम अघि बढाउने तथा संघर्षका थप कार्यक्रमहरु चरणबद्ध रुपमा संचालन हुने देवले बताएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा