दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपाल सहकारी संस्था लि. राजविराजले शुक्रबार भवन निर्माणका लागि भूमि पुजन गरेको छ ।
राजविराज ४ स्थित मेनरोडमा रहेको जग्गामा संस्थाका अध्यक्ष शत्रुधनप्रसाद गुप्ताले पुजापाठ गर्दै भवन निर्माणका लागि विधिवत् रुपमा शुभारम्भ गरेका हुन् ।
एक वर्षभित्र चार तल्ले भवन निर्माण सम्पन्न गर्ने गरि शुक्रबारदेखी भवन निर्माण कार्य सुरु गरिएको भवन निर्माण समितिका संयोजक रणधीर कर्णले जानकारी दिए ।
झण्डै २ करोड ५० लाखको लागतमा भुकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक तरिकाबाट उक्त भवन निर्माण गरिन लागेको संयोजक कर्णले बताए ।
उक्त भूमि पुजनको अवसरमा राष्ट्रिय सहकारी बैंकका संचालक समिति केन्द्रिय सदस्य विश्वनाथ मण्डल, बैंकका राजविराज शाखा प्रबन्धक विष्णु पराजुली, ग्लोबल सहकारी संस्थाका अध्यक्ष सुखराम यादव, सृजना फाइनान्स राजविराजका प्रबन्धक राजकुमार यादव, नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्था योगेन्द्र देव, संस्थाका सचिव एवं प्रबन्धक शंकरप्रसाद साह, संस्थाका संचालक सदस्य, लेखा समितिका संयोजक तथा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
सारांश
- राजविराज ४ स्थित मेनरोडमा रहेको जग्गामा संस्थाका अध्यक्ष शत्रुधनप्रसाद गुप्ताले पुजापाठ गर्दै भवन निर्माणका लागि विधिवत् रुपमा शुभारम्भ गरेका हुन् ।
- एक वर्षभित्र चार तल्ले भवन निर्माण सम्पन्न गर्ने गरि शुक्रबारदेखी भवन निर्माण कार्य सुरु गरिएको भवन निर्माण समितिका संयोजक रणधीर कर्णले जानकारी दिए ।
- झण्डै २ करोड ५० लाखको लागतमा भुकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक तरिकाबाट उक्त भवन निर्माण गरिन लागेको संयोजक कर्णले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया