दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राष्ट्रिय मुक्ति पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले राजविराज नगरवासीको पीडासँग जोडिएको बिटौरी र ब्लक जग्गाको समस्या समाधान गरि अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको ७ बुदे निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।
बैठकले देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, दलित (शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगीरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको जनाएको छ ।
साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय समेत गरेको छ ।
बिटौरी र ब्लक जग्गाको समस्या समाधान गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी
सारांश
- पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको ७ बुदे निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।
- बैठकले देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, दलित (शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगीरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको जनाएको छ ।
- साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया