सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि

सारांश

  • हिन्दु सम्राट सेनाको नेतृत्वमा भएको बिरोध प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।
  • सो क्रममा प्रहरीले एक जना हिन्दु सम्राट सेनाका कार्यकर्तालाई पक्राउ गरेको सेनाका सल्लाहकार इन्द्रसागर गुप्ताले जानकारी दिए ।
  • पक्राउ परेकालाई प्रहरी मंगलबार साँझ रिहा गरेको उनले बताए ।
दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
सुनसरीको देवानगञ्जमा भएको घटनाको बिरोध सप्तरीमा पनि भएको छ । जिल्ला सदरमुकाम राजविराजमा मंगलबार दिउँसो ४ बजेदेखी ६ बजेसम्म स्थानीय नेता चौकमा बिरोध प्रदर्शनका साथै श्रद्धाञ्जली सभा गरिएको छ ।
हिन्दु सम्राट सेनाको नेतृत्वमा भएको बिरोध प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । सो क्रममा प्रहरीले एक जना हिन्दु सम्राट सेनाका कार्यकर्तालाई पक्राउ गरेको सेनाका सल्लाहकार इन्द्रसागर गुप्ताले जानकारी दिए । पक्राउ परेकालाई प्रहरी मंगलबार साँझ रिहा गरेको उनले बताए ।
हिन्दु सम्राट सेनाका जिल्ला अध्यक्ष सुरेन्द्र दासले देवानगञ्ज घटनाको बिरोधमा बुधबार राजविराज बजार बन्दका साथै यातायातका साधनहरु समेत ठप्प पार्ने जानकारी दिए । उनले दोषिमाथी कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ती र घाइतेहरुको उपचार खर्च राज्यले व्यहोर्नु पर्ने माग समेत गरे ।
यसअघी जिल्लाको महुली, रुपनी लगातयका स्थानमा समेत सुनसरी घटनाको बिरोध भएको थियो ।
यता सनुसरीको स्थानीय प्रशासनले मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि गरेको छ ।
स्थानीय प्रशासनले इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कफ्र्यू लगाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालद्धारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ ।
विभिन्न स्थानमा प्रदर्शन सुरू भएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ ।
देवानगञ्जमा दुई समुदायका बीचमा भएको झडप पछि शसस्त्र प्रहरीले गोली चलाँउदा एकजनाको ज्यान गएपछि घटनाको विरोधमा प्रदर्शन भइरहेको छ । तोडफोड र आगजनी भएपछि सुनसरीको पकलीदेखि कोशी व्यारेजसम्म मुख्य राजमार्गमा कफ्र्यू जारी भएको छ । यता देवानगञ्ज क्षेत्रमा पनि सोमबारदेखी नै कफ्र्यू जारी छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी