डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 

राजविराज राजविराज
|
मंगलबार, चैत्र २२, २०७८
|
|
७३ पटक हेरिएको
Shares
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 

सारांश

  •     मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
  •       सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा.
  • यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत । 
    बिराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत सप्तरीका चिकित्सक डा. बिजय यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ । 
    मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा. यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् । 
    विगत चार वर्षदेखी उक्त अस्पतालमा कार्यरत डा. यादवको चैत १९ गते शनिवारका दिन विराटनगरस्थित डेरा गरी वसेको घरको भुई तल्लामा मृत शरीर फेला परेको थियो । 
    घोप्टो परेको र नाक मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइए पछि अन्तिम संस्कार सकाएर आफन्त र गाउँले न्यायको खोजीमा आन्दोलित भएका हुन् । 
    बुझाइएको ज्ञापन पत्रको बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय, प्रदेश १ प्रहरी कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरंग र जिल्ला प्रहरी कार्यालय सप्तरीलाई समेत दिइएको छ ।
    मृतकका आफन्त तथा स्थानीयले नियोजित रुपमा हत्या भएको भन्दै घट्नाको उच्चस्तरीय छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाई कडा कारवाहीको माग गरेका छन् । 
    उनीहरुले तीन दिन भित्र हत्यारालाई पक्राउ र कारवाही अघि नबढाइए आन्दोलन चर्काउने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् । 
    डा. यादवको हत्या भएको चार दिन वितिसक्दा पनि प्रहरीले अहिले सम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै पीडित परिवार र विष्णुपुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
    बजार क्षेत्र परिक्रमाका क्रममा उनीहरुले सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले पीडित परिवार र स्थानीयको तर्फबाट प्राप्त ज्ञापन पत्र तत्कालै सम्बन्धित कार्यालयमा पठाई न्यायका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 
    यसैबीच घट्नामा संलग्न रहेको आशंकामा मोरंग प्रहरीले एक चिकित्सक सहित ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?