डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 

राजविराज राजविराज
|
मंगलबार, चैत्र २२, २०७८
|
|
१०४ पटक हेरिएको
Shares
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 

सारांश

  •     मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
  •       सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा.
  • यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत । 
    बिराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत सप्तरीका चिकित्सक डा. बिजय यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ । 
    मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा. यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् । 
    विगत चार वर्षदेखी उक्त अस्पतालमा कार्यरत डा. यादवको चैत १९ गते शनिवारका दिन विराटनगरस्थित डेरा गरी वसेको घरको भुई तल्लामा मृत शरीर फेला परेको थियो । 
    घोप्टो परेको र नाक मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइए पछि अन्तिम संस्कार सकाएर आफन्त र गाउँले न्यायको खोजीमा आन्दोलित भएका हुन् । 
    बुझाइएको ज्ञापन पत्रको बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय, प्रदेश १ प्रहरी कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरंग र जिल्ला प्रहरी कार्यालय सप्तरीलाई समेत दिइएको छ ।
    मृतकका आफन्त तथा स्थानीयले नियोजित रुपमा हत्या भएको भन्दै घट्नाको उच्चस्तरीय छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाई कडा कारवाहीको माग गरेका छन् । 
    उनीहरुले तीन दिन भित्र हत्यारालाई पक्राउ र कारवाही अघि नबढाइए आन्दोलन चर्काउने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् । 
    डा. यादवको हत्या भएको चार दिन वितिसक्दा पनि प्रहरीले अहिले सम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै पीडित परिवार र विष्णुपुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
    बजार क्षेत्र परिक्रमाका क्रममा उनीहरुले सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले पीडित परिवार र स्थानीयको तर्फबाट प्राप्त ज्ञापन पत्र तत्कालै सम्बन्धित कार्यालयमा पठाई न्यायका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 
    यसैबीच घट्नामा संलग्न रहेको आशंकामा मोरंग प्रहरीले एक चिकित्सक सहित ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
सरस्वतीले जन्माईन तिम्ल्याहा
सरस्वतीले जन्माईन तिम्ल्याहा
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी