दैनिक समाचारदाता
राजविराज, १ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना प्रकाशित गरि मिटरब्याजी रामदेव साह तेलीलगायत उनका परिवारजनले ऋण दिएर ऋणीहरुले रकम चुक्ता गरेपनि सम्पत्ति फिर्ता नपाएको प्रमाणसहित प्रहरीमा जानकारी दिन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक एवं सूचना अधिकारी भानु खडकाद्वारा जारि सूचनामा ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीहरुको बारेमा जानकारी दिन उल्लेख गरिएको छ ।
सप्तरीको खडक नगरपालिका वडा न. ७ कल्याणपुर स्थायी घर भएका रामदेव साह तेली, निजको श्रीमती शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरीहरु रेणु कुमारी साह र अनुराधा कुमारी साह समेतको नाम किटान गरि सूचना प्रकाशित गरिएको हो ।
जारि सूचनामा, “बिभिन्न मानिसहरुलाई मालपोत कार्यालयबाट धितो स्वरुप निजहरुको नाममा रहेको घर जग्गा तथा अन्य जाय जेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नगरी ठगी गर्ने गरेको भनी यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जाहेरी दरखास्त परी अनुसन्धान भईरहेको निज रामदेव साह तेली समेतले अन्य सर्वसाधारण मानिसहरुको घर जग्गा समेतका जाय जेथा धितो राखी चर्को ब्याजमा ऋण लिई लिएको रकम चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए आवश्यक प्रमाणसहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारी गराई दिन हुन बिनम्र अनुरोध छ ।”
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक एवं सूचना अधिकारी भानु खडकाद्वारा जारि सूचनामा ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीहरुको बारेमा जानकारी दिन उल्लेख गरिएको छ ।
- सप्तरीको खडक नगरपालिका वडा न.
- ७ कल्याणपुर स्थायी घर भएका रामदेव साह तेली, निजको श्रीमती शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरीहरु रेणु कुमारी साह र अनुराधा कुमारी साह समेतको नाम किटान गरि सूचना प्रकाशित गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया