छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 

राजविराज राजविराज
|
सोमबार, कार्तिक २५, २०७६
|
|
५७ पटक हेरिएको
Shares
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 

सारांश

  •     छठ पर्वको समयमा स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासम्मले मिलेर जलाशयहरु दिनभर लगाएर सरसफाई गर्छन ।
  •       छठ पर्व सम्पन्न भएको दिनदेखी नै पुनः ती जलाशयहरु जलाशयहरु सबै पक्षबाट उपेक्षित हुन्छन् ।
  • र सो जलाशयहरुमा स्थानीयहरुले भाडाबर्तन र कपडा धुने तथा दिशापिसाव समेत गर्ने थलोको रुपमा परिणत भएर जान्छ ।

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 
    चार दिने छठ पर्व अन्तरगत मुलतः दुई दिन जलाशयमै पूजा गरिने हुँदा जलाशयहरु सफाई गरिन्छ । तर, पूजा गर्न सफाई गरिएको जलाशय पुनः फोहर बन्दै गएको छ ।   
    छठ पर्वको समयमा स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासम्मले मिलेर जलाशयहरु दिनभर लगाएर सरसफाई गर्छन । 
    छठ पर्व सम्पन्न भएको दिनदेखी नै पुनः ती जलाशयहरु जलाशयहरु सबै पक्षबाट उपेक्षित हुन्छन् । र सो जलाशयहरुमा स्थानीयहरुले भाडाबर्तन र कपडा धुने तथा दिशापिसाव समेत गर्ने थलोको रुपमा परिणत भएर जान्छ । 
    छठ पुजाको लागि प्रयोग गरिने राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी लगायतका जलाशयहरु पुनः फोहोर हुँदै गएको छ । छठ घाट निर्माणका लागि प्रयोग गरिएको केराको थम, कागजको झण्डा, बत्ति, बाँसका टुक्रा, कागज, माटोका भाडा लगायत अहिले जलाशयमा त्यत्तिकै देख्न सकिन्छ । 
    छठ पर्व सम्पन्न भएको एक साता बितिसकेको अवस्थामा अहिले पोखरीहरुमा जताततै फोहोर र झारपात देखिन थालिएको छ । पोखरी नजिक घर भएका अधिकांशले आ–आफनो नजिक पर्ने जालशयमा फोहोर फाल्न थालेपछि पोखरी कुरुप र दुर्गन्धित बन्न थालेको छ । 
    स्थानियहरुले फोहोर फाल्ने कार्य मात्र नगरेर लुगा धुने, भाडावर्तन माझ्ने र दिशापिसा समेत गर्न थालेपछि ती जलाशयहरु दुर्गन्धित बन्दै गएको छ । 
विभिन्न पुजाका समयमा देविदेउताका बनाईने माटाका मुर्तिहरु पनि पुजा समाप्ति पछि पोखरीमै गएर शेलाउने गरेका कारण पनि पोखरीहरु कुरुप र प्रदुषित बन्ने गरेको छ ।     
    गैरसरकारी महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले छठ पर्वको बेलामात्र सरसफाई हुने र त्यसपछि बर्षैभरी छठघाट उपेक्षित हुनुमा स्थानियदेखी स्थानिय सरकारसमेत दोषि रहेकोमा जलाशयलाई दुषित हुनबाट रोक्न त्यसको उचित हेरचार, दैनिकी सरसफाई र व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन