जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ

सारांश

  •     राजविराज जेसीजले साँझ सहिद दशन चोकमा सहिदको सम्झनामा दिप प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
  •     यसअघि जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा रुपनी गाउँपालिका २ स्थित जेसीज बिद्यालय पौवा पुगेको राजविराज जेसीजको टोलीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
  •     विद्यालयमा अध्ययनरत बाल विकासका ५६ विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नयाँ योजना बनाउन अन्तरक्रिया केन्द्रीत रहेको कार्यकारिणी उपाध्यक्ष विप्लव आनन्दले बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    राजविराज जेसीज २०२० ले ‘श्रीपञ्चमी’ पर्व र बिहीबार नै परेको सहिद दिवसको दिन पारेर आफ्नो कार्यकालको कार्य आरम्भ गरेको छ ।
    राजविराज जेसीजले साँझ सहिद दशन चोकमा सहिदको सम्झनामा दिप प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
    यसअघि जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा रुपनी गाउँपालिका २ स्थित जेसीज बिद्यालय पौवा पुगेको राजविराज जेसीजको टोलीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    विद्यालयमा अध्ययनरत बाल विकासका ५६ विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नयाँ योजना बनाउन अन्तरक्रिया केन्द्रीत रहेको कार्यकारिणी उपाध्यक्ष विप्लव आनन्दले बताए । 
    अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक राजकुमार सुनरैतसहित शिक्षक र स्थानीयवासी, राजविराज जेसीजका अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, उपाध्यक्षहरु, मनोनित पदाधिकारीहरु, साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभावकारी ढङ्गले विद्यालयको समुचित व्यवस्थापनका विषयमा समेत जेसीज पदाधिकारीहरु र विद्यालयका शिक्षक–महिला शिक्षकबीच छलफल भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?