दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
नेकपा माओवादी केन्द्र सप्तरीको बिहीवार सम्पन्न विस्तारीत बैठकबाट छेदी रजकको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ ।
गठित कमिटीको उपाध्यक्षमा भागवत यादव, सचिवमा बेचन चौधरी चयन भएका छन् ।
त्यसै गरी संसदीय क्षेत्र नं. १ को ईन्चार्जमा बेचन चौधरी, २ को ईन्चार्ज भागवत यादव, सह ईन्चार्जद्धय कलाम उदीन खाँ, प्रमोद यादव, ३ को ईन्चार्ज सुकदेव साह र ४ को ईन्चार्ज चतुर चौधरी, सहईन्चार्ज सुरेन्द्र यादव चयन भएका छन् ।
यस्तै प्रदेश क्षेत्र १(क) का संयोजक रविन्द्र चौधरी, सहसंयोजक ज्ञानेन्द्र धिमिरे १ (ख) का संयोजक कपलेश्वर सरदार, सहसंयोजक राजु यादव र साविर खाँ क्षेत्र न.ं २ (क) का संयोजक विनोद यादव, सहसंयोजक खगेन्द्र मण्डल, क्षेत्र न.ं ३ (क) का संयोजक देवलाल माली, सहसंयोजक बलराम यादव र ताज महमद क्षेत्र ३ (ख) का संयोजक कर्मलाल यादव, सहसंयोजक अशोक चौधरी र रोहित यादव, क्षेत्र नं. ४ (क) का संयोजक देव कुमार राम, सहसंयोजक लक्ष्मी चौधरी, क्षेत्र ४ (ख) का संयोजक राम प्रसाद राम, सहसंयोजकद्वय सुर्यनाथ यादव, पशुपति यादव, शिवनन्दन शर्मालाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष रजकले जानकारी दिए ।
बैठकमा पार्टीका नेता, कार्यकर्ता, जेलनेल जीवन खेपेका, सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्घकालिन नेता, कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य उमेश कुमार यादवको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको संचालनमा तथा पुर्व प्रदेश सदस्य छेदी रजकको स्वागत मनतब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही बैठकबाट विभिन्न समसामयीक विषयमा नेपाल र प्रदेश सरकारलाई ध्यानार्षण गर्ने प्रस्ताव समेत पारीत गरेको पार्टी स्रोतले जनाएको छ ।
माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
सारांश
- गठित कमिटीको उपाध्यक्षमा भागवत यादव, सचिवमा बेचन चौधरी चयन भएका छन् ।
- त्यसै गरी संसदीय क्षेत्र नं.
- १ को ईन्चार्जमा बेचन चौधरी, २ को ईन्चार्ज भागवत यादव, सह ईन्चार्जद्धय कलाम उदीन खाँ, प्रमोद यादव, ३ को ईन्चार्ज सुकदेव साह र ४ को ईन्चार्ज चतुर चौधरी, सहईन्चार्ज सुरेन्द्र यादव चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया