डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित

राजविराज राजविराज
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित

सारांश

  •     ंनेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि आन्दोलन थालेका हुन् ।
  •       शुक्रबार डाक्नेश्वरी नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलनको आयोजना गरि चार दलले पहिलो चरणको आन्दोलन कार्यक्रमको घोषणा समेत गरेका छन् ।
  •       जसअनुसार असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्ना बस्ने कार्यक्रम तय गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ असार । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बेथिति बिरुद्ध १४ बुँदे माग अघि सार्दै स्थानीय चार दल आन्दोलित भएका छन् । 
    ंनेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि आन्दोलन थालेका हुन् । 
    शुक्रबार डाक्नेश्वरी नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलनको आयोजना गरि चार दलले पहिलो चरणको आन्दोलन कार्यक्रमको घोषणा समेत गरेका छन् । 
    जसअनुसार असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । संघर्ष समितिले पत्रकार सम्मेलनमा १४ बुँदे माग समेत अघि सार्दै सो अवधीमा पनि सम्बोधन नगरि दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेपाली काँग्रेसका नगर सभापति नारायण यादवले जानकारी दिए । 
    नगरपालिकाका जनप्रतिनिधिहरुको वेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए । उनले नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिका भित्र व्यापक आर्थिक अनियमितता भएको र सो कार्यमा प्रमुख प्रशासकीय अधिकृतले साथ नदिदा उनलाई समेत गालिगलौज र कार्यालय नआउन धम्की दिन थालिएको बताए । उनले नगर प्रमुख मुखिया पालिकालाई एमालेको कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको दोषारोपन गर्दै विभिन्न तहका कर्मचारी नियुक्तिमा समेत अनियमितता भएको दाबी गरे । 
    संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथी कारवाही गर्न माग गरेको छ । 
    यस्तै आ.ब. २०७९÷८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, आ.ब. २०७९÷८० र २०८०÷८१ मा खरीद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, २०८०÷८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । 
    यस्तै राजनैतिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, कर्मचारीलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ । 
    पत्रकार सम्मेलनमा जसपाका स्थानीय नेता तथा जसपा नगर समितिका अध्यक्ष लक्षण साह, बेचु साह, राजेश्वर राय, माओवादी केन्द्रका भुलाई राम, नेपाली काँग्रेसका भगवती प्रसाद यादव, लोसपाका नगर अध्यक्ष रामसागर मण्डल र सो पालिकाका वडा अध्यक्ष सत्रुधन मण्डल, भोगेन्द्र यादव र कुशेश्वर यादवको पनि उपस्थिति रहेको थियो । 
    यता डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले नगरपालिका भित्र कुनै आर्थिक अनियमितता नभएको र विपक्षिले अनावश्यक रुपमा बखेरा झिकेको बताएका छन् । 
    नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उत्कर्षमा पुगेको बेला चार राजनीतिक दल पनि मेयर रामलखन मुखिया बिरुद्ध आन्दोलित भएका हुन् । 
    बिहीबार प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्णले आफू नगर प्रमुखबाटै असुरक्षित भएको भन्दै जिउँज्यानको रक्षा र कार्यालयमा काम गर्ने वातावरणका लागि स्थानीय प्रशासन समक्ष निवेदन बुझाएको भोली पल्टै शुक्रबार चार राजनीतिक दल पनि नगर प्रमुख मुखिया बिरुद्ध आन्दोलनमा उत्रेका छन् । 
    यसअघि प्रमुख प्रशासकीय अधिकृत कर्णले नगर प्रमुख मुखियासहित केही वडा अध्यक्षले रोजगार संयोजक र रोजगार सहायक पदको विज्ञापन र पदपूर्तीको विषयलाई लिएर आफूमाथी अभद्र व्यवहार गर्नुका साथै कार्यालय नआउन धम्की समेत दिएकाले सुरक्षा व्यवस्थाका लागि उनले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसमक्ष निवेदन पेश गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?