दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) मा हजारौं मुस्लिम सहभागि आउने क्रम जारि छ ।
नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो ।
यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
यता आयोजक समितिका संयोजक मो. गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् ।
धार्मिक कार्यक्रकमा भाग लिन आएका पाहुनाहरुलाई घर भित्र नआउ भन्नै कठिन भएको सुनाउँदै उनले सरकारको दवाव झेल्न नसकि बाध्य भई फिर्ता जान भनेको सुनाए । धार्मिक कार्यक्रम इज्तिमा गर्न सरकारले बातावरण बनाउन सहयोग गर्नुको सट्टा अनावश्यक तनाव दिएको उनको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रममा नेपाल र भारतका मुस्लिम मात्र उपस्थित हुने भनिएपनि अन्य मुलुकबाट समेत सहभागी आउन थालेपछि कार्यक्रम रोक्न गृह मन्त्रालयबाट निर्देशन आएको र सोही अनुसार आफुले पहल गरेको बताए ।
अहिले कार्यक्रम स्थलमा कुनै अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरीका गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रम स्थलमा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल निर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ता भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. साद पनि पुगि सकेका छन् ।
यसका साथै नेपाल तथा भारतका विभिन्न शहरका मौलाना तथा मुस्लिम समुदायका अगुवा गरी शुक्रबार साझ सम्ममा ५० हजार भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु यहाँ आई पुगेका छन् ।
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
सारांश
- नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो ।
- यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
- यता आयोजक समितिका संयोजक मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया