मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
१२६ पटक हेरिएको
Shares
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

सारांश

  •     नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो ।
  •       यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
  •       यता आयोजक समितिका संयोजक मो.

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) मा हजारौं मुस्लिम सहभागि आउने क्रम जारि छ । 
    नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो । 
    यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो । 
    यता आयोजक समितिका संयोजक मो. गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् । 
    धार्मिक कार्यक्रकमा भाग लिन आएका पाहुनाहरुलाई घर भित्र नआउ भन्नै कठिन भएको सुनाउँदै उनले सरकारको दवाव झेल्न नसकि बाध्य भई फिर्ता जान भनेको सुनाए । धार्मिक कार्यक्रम इज्तिमा गर्न सरकारले बातावरण बनाउन सहयोग गर्नुको सट्टा अनावश्यक तनाव दिएको उनको भनाई छ । 
    यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रममा नेपाल र भारतका मुस्लिम मात्र उपस्थित हुने भनिएपनि अन्य मुलुकबाट समेत सहभागी आउन थालेपछि कार्यक्रम रोक्न गृह मन्त्रालयबाट निर्देशन आएको र सोही अनुसार आफुले पहल गरेको बताए । 
    अहिले कार्यक्रम स्थलमा कुनै अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरीका गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।     कार्यक्रम स्थलमा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल निर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ता भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. साद पनि पुगि सकेका छन् । 
    यसका साथै नेपाल तथा भारतका विभिन्न शहरका मौलाना तथा मुस्लिम समुदायका अगुवा गरी शुक्रबार साझ सम्ममा ५० हजार भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु यहाँ आई पुगेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी