प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत

राजविराज राजविराज
|
सोमबार, पौष ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  •     अझ महत्वपुर्ण यो छ भने, यस विद्येयकले राष्ट्रिय सुरुक्षामा पनि गभ्भिर आँच पुर्याउने देखिन्छ ।
  • देशमा हाल कुल ९०७ बटा मदरसाहरु सरकारी निकायमा दर्ता छन् ।
  • तर बास्तवमा यो संख्या बास्तबिकता भन्दा निकै कम हो ।

तेजप्रताप सिंह
    प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । उच्च श्रोतका अनुसार उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकनेछ ।
    तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर(सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।
    अझ महत्वपुर्ण यो छ भने, यस विद्येयकले राष्ट्रिय सुरुक्षामा पनि गभ्भिर आँच पुर्याउने देखिन्छ । देशमा हाल कुल ९०७ बटा मदरसाहरु सरकारी निकायमा दर्ता छन् । तर बास्तवमा यो संख्या बास्तबिकता भन्दा निकै कम हो । मुस्लिम संघसंस्थाका अनुसार देशमा हाल करीब २ हजार मदरसाहरु सञ्चालनमा छ । यस मामिलामा अध्ययनरत त्रिभुवन विश्वविद्यालयसम्बद्ध एक जना अध्येता जाहिद परवेज नेपालमा मदरसाहरुको संख्या करीब ४ हजार रहेको बताउछन् ।
    यी मदरसाहरुले मुख्यगरी साउदी अरेबिया, कुवेत र पाकिस्तानबाट आउने दानहरुबारे पार्दर्शी रुपले बताउन सिधासिधा अस्विकार गर्ने गरेका छन् । धेरैजसो मदरसा नेपाल(भारत सिमा नजिकै अवस्थित छन् । दुई तिहाईभन्दा बढी मुस्लिम जनसंख्या पनि यसै क्षेत्रमा बसोबास गर्ने गर्दछन् । यी मदरसाहरुले कट्टरपंथलाई बढावा दिने तथा आपराधिक मानसिकता पनि बढाउने गरेको कतिपयले आरोप लगाउने गरेका छन् । थुप्रै मदरसाहरुले शिक्षा तथा कल्याणकारी कार्यक्रमहरुको नाम मुस्लिम समुदायलाई गलत कार्यका फसाउने गरेको पनि उच्च श्रोतको दाबी छ ।
    यस्तो अबस्थामा मदरसामा अनियन्त्रित तबरले साउदी अरब तथा अन्य गल्फ मुलूकहरुबाट आर्थिक सहयोग ल्याइदै गलत कार्यहरुलाई थप बल प्रदान गर्नेछ । यद्यपि मदरसासम्वन्धि उक्त विद्येयकलाई प्रदेश २ को सरकारले संसोधनको लागि फिर्ता लिएको छ तर सरकारले भने सो विद्येयक फेरि प्रस्तुत गर्ने प्रष्ट पारिसकेको छ ।
    प्रदेश २ को सरकारले प्रस्ताव गरेरकोे विद्येयक लागु हुँदा त्यसले राष्ट्रिय सुरक्षामा गभ्भिर असर पार्ने कुरालाई भने नकार्न सकिदैन् । नेपाली भूमिलाई छिमेकीहरु विरुद्ध पनि पटक(पटक प्रयोग गरिएको दृष्टांत रहेको छ । यसले विद्येयकले गर्दा नेपालको राष्ट्रिय सुरक्षा सञ्जालमा थप जोखिम उत्पन्न गर्ने खतरा देखिएको छ । हालसम्म भने काठमाडौंद्धारा विदेशी पैसा ल्याउन बन्द गर्ने कार्यमा कुनै ठोस कदम चालेको देखिदैन तर नेपालको राजनीतिक संस्थापनले क्षणिक राजनैतिक स्वास्र्थहरुलाई त्यागेर राष्ट्रिय सुरक्षामा गभ्मिर हुनुपर्ने आवश्यकता देखिन्छ । नागरिक न्यूजबाट

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी