दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर

राजविराज राजविराज
|
सोमबार, जेठ १३, २०७६
|
|
६७ पटक हेरिएको
Shares

सारांश

  •     राती ८ बजेतीर पश्चिमबाट पूर्व तर्फ आइरहेको स.
  • १त.
  • ७४०४ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.

दैनिक समाचारदाता
राजविराज, १२ जेठ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका सडक खण्डमा शनिबार राती मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 
    राती ८ बजेतीर पश्चिमबाट पूर्व तर्फ आइरहेको स.१त.७४०४ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५प. ४०५ नम्बरको मोटरसाइकल रुपनी गाउँपालिका ६ जगमोहन चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षिय मनिष चौधरीको मृत्यु भएको हो । 
    दुर्घटनामा मोटरसाइकलको पछाडी सीटमा सवार सोही वडा निवासी २० वर्षिय सत्ये माझी गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
    ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको डिएसपी भावेष रिमालले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु