विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 

राजविराज राजविराज
|
आइतबार, मंसिर २, २०७५
|
|
४४ पटक हेरिएको
Shares
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 

सारांश

  •     जिल्ला अदालत राजविराजले आइतबार फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रम आयोजना गरि सो जानकारी दिएको हो ।
  •       अदालतका श्रेस्तेदार दिल कुमार वर्देवा घोषणा कार्यक्रममा आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    सप्तरी जिल्ला अदालत राजविराजले विभिन्न मुद्दामा हाल सम्म २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ । 
    जिल्ला अदालत राजविराजले आइतबार फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रम आयोजना गरि सो जानकारी दिएको हो ।  
    अदालतका श्रेस्तेदार दिल कुमार वर्देवा घोषणा कार्यक्रममा आ.ब. २०७५÷७६ सम्ममा २ लाख ५ हजार १ सय ८१ रुँपैया ७५ पैसा जरिवाना फर्छौैट भएको बताउँदै ४ करोड ७६ लाख १२ हजार ९ सय ५८ रुँपैया ६२ पैसा जरिवाना बाँकी रहेको जानकारी दिए । 
    त्यस्तै सोही आ.ब.मा कैद लगत २ हजार ६ सय ६३ बर्ष २ महिना ७ दिन रहेको तथा १ सय ५० बर्ष १२ दिन फर्छौट भएको जानकारी दिँदै २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी रहेको जनाइएको छ । 
    सोही कार्यक्रममा आ.ब. २०७४÷७५ सम्ममा जरिवाना लगत ४ करोड ९६ लाख ७२ हजार ४ सय ७३ रुँपैया ३८ पैसा, ५५ लाख ३१ हजार ६ सय ९४ रुँपैया ११ पैसा फर्छौट भएको तथा ४ करोड ४१ लाख ४० हजार ७ सय ७९ रुँपैया २७ पैसा जरिवाना बाँकी रहेको जनाइएको छ । 
    त्यस्तै सोही वर्षसम्ममा कैद लगत २ हजार ६ सय ८६ बर्ष ६ महिना ७ दिन, २०१ बर्ष ५ महिना १२ दिन कैद फर्छौट तथा २ हजार ४८५ बर्ष २५ दिन कैद बाँकी रहेको जनाइएको छ । 
    कार्यक्रममा सबै भन्दा पुरानो २००० सालको २१ सालमा अदालत स्थपना भन्दा अगाडि कैदको लगत रहेकोमा उक्त लगत डाँका मुद्दामा ८ जना प्रतिवादीमा ६ जनालाई ९ बर्ष र २ जनालाई ६ बर्ष कैद सजाय भएको र हाल सम्म सो लगत कायम रहेको जनाइएको छ । 
    यस्तै २०१० साल सम्मको लगत संख्या ४० रहेको देखिन्छ भने २० साल सम्मको ३३ वटा लगत संख्या जनाइएको छ । 
    कार्यक्रममा जिल्ला न्यायाधिश बेचन ढुंगानाले अदालतमा रहेको समस्याहरुमा दण्ड जरिवाना लागेका ब्यक्तिको बसाईसराई, खुला सिमा, सरोकारवाला निकायहरु विच सहयोग र समन्वय हुन नसकेको, स्थानिय निकायको भौगोलिक संरचना परिवर्तन, प्रतिवादीको नाम,थर,वतन पहिचानमा समस्या, लगत अध्यावधिकमा समस्या (मरेको व्यक्तिको जानकारी नहुनु, उपल्लो निकायबाट भएको फैसलाको जानकारी समयमा प्राप्त नहुनु) लगायत समस्याहरु रहेको बताए । 
    जिल्ला न्यायाधिश बेचन ढुंगानाको अध्यक्षत तथा उच्च अदालत जनकपुर राजविराजका वरिष्टम न्यायाधिश तिल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै अदालतका न्यायाधिश तथा अधिवक्ता र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?