सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
११ पटक हेरिएको
Shares
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त

सारांश

  • आइसियु सेवा अभावका कारण रेफर गरिएकी राजविराज नगरपालिका वडा नं.
  • १५ देउरी भरुवा टोलकी ४० वर्षिय कबिता यादवको मृत्यु भएको हो ।
  • मृत्यु पश्चात् चिकित्सकको लापरवाहीले तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
सर्पदंशबाट पीडित एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सोमबार बिहान राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल परिसरमा प्रदर्शन गरेका छन.।
आइसियु सेवा अभावका कारण रेफर गरिएकी राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवा टोलकी ४० वर्षिय कबिता यादवको मृत्यु भएको हो ।
मृत्यु पश्चात् चिकित्सकको लापरवाहीले तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
घटना विवरण अनुसार आईतबार साँझ ७ बजेतिर बिषालु कबितालाई सर्पले डसेको थियो । राति ८ बजेतिर उपचारका लागि उक्त अस्पताल पुर्याइएको थियो । चिकित्सकका अनुसार केहीबेर उपचार गर्दा निको नभएको अस्पतालमा आइसियु सेवा उपलब्ध नभएका कारण राती साढे ८ बजेतिर उनलाई रेफर गरिएको थियो । परिवारजनका अनुसार बाटोमा कबितालाई सास फेर्न धेरै अप्ठेरो भइरहेको थियो ।
प्रारम्भिक उपचार गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको ढिलाई र लापरवाहीका कारण कविताको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । पीडित परिवार र आफन्तले घटनाको छानवीन गरी दोषी चिकित्सक माथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।
अस्पतालले रेफर गरिदिए पछि तत्कालै एम्बुलेन्सको व्यवस्था गरी परिवारजनले कवितालाई विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याएका थिए । तर, केही बेरको जाँच र उपचार पछि डाक्टरले मृत घोषणा गरेको मृतकका भाई मनोजले सुनाए ।
अस्पतालका मेसु डाक्टर विरेन्द्र मंडलले उक्त प्रकरणबारे सत्यतथ्य छानवीन गर्न जिल्ला बाहिरका एउटा विशेषज्ञ टोली गठन गर्न आफुले पनि स्थानिय प्रशासनलाई अनुरोध सहित पत्राचार गरेको बताए ।
उनले अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसक्दा गम्भिर प्रकृतीका विरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको भन्दै यस सम्बन्धमा माथिल्लो निकायमा समेत जानकारी गराई आवश्यक पहल गरिरहेको बताए ।
यता अस्पताल परिसरमा मृतकका आफन्तले चिकित्सक विरुद्ध प्रदर्शनमा उत्रिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने पीडित, आफन्त र अस्पताल प्रशासनबीच सहमतिको प्रयास गरिरहेको स्थानिय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?