सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
११० पटक हेरिएको
Shares
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त

सारांश

  • आइसियु सेवा अभावका कारण रेफर गरिएकी राजविराज नगरपालिका वडा नं.
  • १५ देउरी भरुवा टोलकी ४० वर्षिय कबिता यादवको मृत्यु भएको हो ।
  • मृत्यु पश्चात् चिकित्सकको लापरवाहीले तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
सर्पदंशबाट पीडित एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सोमबार बिहान राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल परिसरमा प्रदर्शन गरेका छन.।
आइसियु सेवा अभावका कारण रेफर गरिएकी राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवा टोलकी ४० वर्षिय कबिता यादवको मृत्यु भएको हो ।
मृत्यु पश्चात् चिकित्सकको लापरवाहीले तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
घटना विवरण अनुसार आईतबार साँझ ७ बजेतिर बिषालु कबितालाई सर्पले डसेको थियो । राति ८ बजेतिर उपचारका लागि उक्त अस्पताल पुर्याइएको थियो । चिकित्सकका अनुसार केहीबेर उपचार गर्दा निको नभएको अस्पतालमा आइसियु सेवा उपलब्ध नभएका कारण राती साढे ८ बजेतिर उनलाई रेफर गरिएको थियो । परिवारजनका अनुसार बाटोमा कबितालाई सास फेर्न धेरै अप्ठेरो भइरहेको थियो ।
प्रारम्भिक उपचार गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको ढिलाई र लापरवाहीका कारण कविताको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । पीडित परिवार र आफन्तले घटनाको छानवीन गरी दोषी चिकित्सक माथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।
अस्पतालले रेफर गरिदिए पछि तत्कालै एम्बुलेन्सको व्यवस्था गरी परिवारजनले कवितालाई विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याएका थिए । तर, केही बेरको जाँच र उपचार पछि डाक्टरले मृत घोषणा गरेको मृतकका भाई मनोजले सुनाए ।
अस्पतालका मेसु डाक्टर विरेन्द्र मंडलले उक्त प्रकरणबारे सत्यतथ्य छानवीन गर्न जिल्ला बाहिरका एउटा विशेषज्ञ टोली गठन गर्न आफुले पनि स्थानिय प्रशासनलाई अनुरोध सहित पत्राचार गरेको बताए ।
उनले अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसक्दा गम्भिर प्रकृतीका विरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको भन्दै यस सम्बन्धमा माथिल्लो निकायमा समेत जानकारी गराई आवश्यक पहल गरिरहेको बताए ।
यता अस्पताल परिसरमा मृतकका आफन्तले चिकित्सक विरुद्ध प्रदर्शनमा उत्रिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने पीडित, आफन्त र अस्पताल प्रशासनबीच सहमतिको प्रयास गरिरहेको स्थानिय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
एमाले ग¥यो खबरदारी सभा 
एमाले ग¥यो खबरदारी सभा 
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी