दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
सप्तरीको बादेबरसाइन नगरपालिका वडा नं. १० स्थित अमरैया टोलमा शुक्रबार दिउँसो आगलागि हुँदा पाँच वर्षिय एक बालकको जलेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४ बजेतिर अचानक आगलागि हुँदा स्थानिय शत्रुधन यादवका पाँच वर्षिय छोरा शैलेश यादवको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शत्रुधन यादव, मिन्टु यादव र ओम यादव दाजुभाईको संगोलमा रहेको बासको गाईगोठबाट अचानक सल्केको आगोले १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा यादव दाजुभाईको घर भित्र रहेको सरसमान पुर्ण रुपमा जल्दा १२ लाख, सोही घरबाट आगो सल्केर छिमेकी रघुनन्दन यादवको चार लाख तथा जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा २० हजार गरि १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।
आगलागिलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा झण्डै एक घण्टाको अवधीमा पुर्ण रुपमा नियन्त्रण लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
सारांश
- शुक्रबार दिउँसो ४ बजेतिर अचानक आगलागि हुँदा स्थानिय शत्रुधन यादवका पाँच वर्षिय छोरा शैलेश यादवको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- शत्रुधन यादव, मिन्टु यादव र ओम यादव दाजुभाईको संगोलमा रहेको बासको गाईगोठबाट अचानक सल्केको आगोले १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- सो आगलागीमा यादव दाजुभाईको घर भित्र रहेको सरसमान पुर्ण रुपमा जल्दा १२ लाख, सोही घरबाट आगो सल्केर छिमेकी रघुनन्दन यादवको चार लाख तथा जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा २० हजार गरि १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया