चन्दन यादव
राजबिराज, २६ चैत ।
मदरसालाई सुबिधायुक्त तथा अधिकार सम्पन्न बनाउन छुट्टै विधेयक बनाउनु पर्ने र मुस्लिमलाई राष्ट्रिय स्तरको मान्यता दिनुपर्ने मुस्लिम अगुवाहरूले माँग गरेका छन् ।
राजबिराजमा मंगलबार आयोजित सबैको लागि संबैधानिक अधिकार भन्ने नाराका साथ ईस्लामि संघ नेपालले राष्ट्रब्यापी शैक्षिक जागरण सप्ताहको अन्तिम अन्तक्रिया कार्यक्रममा मुस्लिम अगुवाहरूले सो माँग गरेका हुन् ।
ईस्लामि संघ नेपाल सप्तरीका अध्यक्ष करिम खानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भुमि, ब्यबस्था, कृषि सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले मुस्लिम समुदाय र दलित समुदाय शिक्षामा पछाडी रहेकोले मदरसा वोर्ड बनाउन प्रदेश बैठकमा लगेको र यस बारेमा हाउसमा टेबुल चलिरहेको जानकारी दिए ।
संघिय समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री साहले मदरसा बोर्ड मार्फत ईस्लामिक शिक्षालाई राज्यले मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागेको बताउदै चाडै मदरसालाई ब्यबस्थित र अधिकार सम्पन्न बनाउन प्रतिबद्धता जनाए ।
राज्यको पनि जिम्मेवारीले शिक्षालाई प्राथमिकतामा राखेर मुस्लिम र दलितलाई शिक्षाको मुलधार ल्याई उनीहरूको जीवन स्तरमा परिवर्तन ल्याउने सरकार प्रतिबद्ध रहेको बताउदै मन्त्री साहले शिक्षामा सुधार ल्याउन सबै समुदायले जिम्मेवारका साथ सहयोग गर्नुपर्ने जिकिर गरे ।
ईस्लामिक संघ नेपालका सप्तरीका अगुवा करिम खाँनले मुस्लिम समुदायको शिक्षामा पहुँच अभिबृद्विका लागि र बर्तमान समयमा शिक्षा क्षेत्रमा देखापरेका बिकृति बिसंगति अन्त्य गर्दै शिक्षामा सबैको पहँुच स्थापित गर्नका लागि सरकारसँग माँग समेत गरे । उनले मुस्लिमहरूको शैक्षिक संस्थालाई मदरसालाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा प्रदेश २ का प्रमुखको सचिव युसुफ अलि, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा राजबिराज नगरपालिका पुर्व नगरप्रमुख शैलेश चौधरी, वडा अध्यक्ष सुर्दशन सिँह, शिक्षा बिभागका पूर्वसदस्य सचिव कमाल अहमद, ईस्लामी संघका प्रचारक ताहिर हुसेन नदबी, मोहम्मद कमालउद्विन, मोलाना नाजिर नादबी, मोलाना ताहिर अली, मुस्किम बेदिलेलगायतले मदरसा शिक्षालाई ब्यबस्थित गर्नेपर्नेमा जोड दिए ।
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह
सारांश
- राजबिराजमा मंगलबार आयोजित सबैको लागि संबैधानिक अधिकार भन्ने नाराका साथ ईस्लामि संघ नेपालले राष्ट्रब्यापी शैक्षिक जागरण सप्ताहको अन्तिम अन्तक्रिया कार्यक्रममा मुस्लिम अगुवाहरूले सो माँग गरेका हुन् ।
- ईस्लामि संघ नेपाल सप्तरीका अध्यक्ष करिम खानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भुमि, ब्यबस्था, कृषि सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले मुस्लिम समुदाय र दलित समुदाय शिक्षामा पछाडी रहेकोले मदरसा वोर्ड बनाउन प्रदेश बैठकमा लगेको र यस बारेमा हाउसमा टेबुल चलिरहेको जानकारी दिए ।
- संघिय समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री साहले मदरसा बोर्ड मार्फत ईस्लामिक शिक्षालाई राज्यले मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागेको बताउदै चाडै मदरसालाई ब्यबस्थित र अधिकार सम्पन्न बनाउन प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया