प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   

राजविराज राजविराज
|
बिहिबार, आषाढ २, २०७९
|
|
४५ पटक हेरिएको
Shares
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   

सारांश

  •     सो विद्यालयका प्रधानाध्यापक मो.
  • गुलजारउदीनले समितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर आफ्नो कोठामा आधा घण्टा बन्धक बनाएको पीडित अध्यक्ष यादवले जानकारी दिएका छन् ।
  •       समितिका अध्यक्ष यादवलाई प्रअ मो.

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    सप्तरीको महादेवा गाउँपालिका १ स्थित जनचेतना रा.प्रा.वि. बल्थीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवलाई सोही विद्यालयका प्रधानाध्यापकले बन्धक बनाएका छन् । 
    सो विद्यालयका प्रधानाध्यापक मो.गुलजारउदीनले समितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर आफ्नो कोठामा आधा घण्टा बन्धक बनाएको पीडित अध्यक्ष यादवले जानकारी दिएका छन् । 
    समितिका अध्यक्ष यादवलाई प्रअ मो.उदीनले पत्रकारलाई बोलाएर समाचार किन प्रकाशन गराएको भन्दै दुरव्यहार समेत गरेको जनाइएको छ । 
    महादेवा १ का वडाध्यक्ष जयश्वर किशोर दासले आफुलाई यस विषयमा खबर पाए लगतै समितिका अध्यक्ष यादवलाई प्र.अ. कोठामा ताला लगाएर बन्धक बनाएको देखेर कोठाको ताला खोलेर बन्धक मुक्त गरेको बताए । 
    त्यस्तै महादेवा १ स्थित रहेको पकरी प्रहरी चौकीका प्रहरी हवलदार रामबालक यादवका अनुसार आफु पुगेपछि  प्र.अ.कोठामा भिडलाई पन्छाएको बताए । 
    बिहीबार सो विद्यालयमा दिवा खाजा कार्यक्रममा अनियमितता भएको समाचार प्रकाशन भएको थियो । सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादवले प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाएका थिए । 
    दिवा खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप