दैनिक समाचारदाता
राजविराज, २ असार ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित जनचेतना रा.प्रा.वि. बल्थीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवलाई सोही विद्यालयका प्रधानाध्यापकले बन्धक बनाएका छन् ।
सो विद्यालयका प्रधानाध्यापक मो.गुलजारउदीनले समितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर आफ्नो कोठामा आधा घण्टा बन्धक बनाएको पीडित अध्यक्ष यादवले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष यादवलाई प्रअ मो.उदीनले पत्रकारलाई बोलाएर समाचार किन प्रकाशन गराएको भन्दै दुरव्यहार समेत गरेको जनाइएको छ ।
महादेवा १ का वडाध्यक्ष जयश्वर किशोर दासले आफुलाई यस विषयमा खबर पाए लगतै समितिका अध्यक्ष यादवलाई प्र.अ. कोठामा ताला लगाएर बन्धक बनाएको देखेर कोठाको ताला खोलेर बन्धक मुक्त गरेको बताए ।
त्यस्तै महादेवा १ स्थित रहेको पकरी प्रहरी चौकीका प्रहरी हवलदार रामबालक यादवका अनुसार आफु पुगेपछि प्र.अ.कोठामा भिडलाई पन्छाएको बताए ।
बिहीबार सो विद्यालयमा दिवा खाजा कार्यक्रममा अनियमितता भएको समाचार प्रकाशन भएको थियो । सो विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादवले प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको आरोप लगाएका थिए ।
दिवा खाजा कार्यक्रमका लागी २२ हजारको खाजा सामग्री राजविराजबाट खरीद गरी ल्याएकोमा विद्यालय प्रशासनको मिलोमतोमा चोरी भएको थियो ।
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक
सारांश
- सो विद्यालयका प्रधानाध्यापक मो.
- गुलजारउदीनले समितिका अध्यक्ष यादवलाई सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर आफ्नो कोठामा आधा घण्टा बन्धक बनाएको पीडित अध्यक्ष यादवले जानकारी दिएका छन् ।
- समितिका अध्यक्ष यादवलाई प्रअ मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया