दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिकाको कार्यालयमा दुई दिनदेखी लगाइएको ताला अझै खुल्न सकेको छैन् । जसकारण कार्यालयको दैनिक कामकाज तथा सेवाग्राहीहरुले पाउनु पर्ने सेवा समेत प्रभावित बन्न पुगेको छ ।
नगरपालिकामा भ्रष्टाचार बढेको, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवाको बिरोध तथा मनपरीतन्त्र लगायतको बिरोध गर्दै निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
यस्तै नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानवीन, नगरको ६८ विगहा क्षेत्रमा ब्लक र विटौरी जग्वगामा वसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपूर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्कीने व्यवस्था लगायतका माग अघि सार्दै तालाबन्दीसँगै आइतबारदेखी नगरपालिका परिसरमै धर्ना सुरु गरिएको छ । उनले माग पुरा नभए आमरण अनशनमा वस्ने चेतावनी समेत दिएका छन ।
यता नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको अगुवाईमा ११ बुंदे माग राखी कर्मचारीहरुले थालेको धर्ना चौथो दिन पनि जारी छ । उनीहरुले प्रमुख प्रशासकिय अधिकृत डा.श्रवण साह र योजना अधिकृत मनोज कुमार यादवलाई कारवाही र सरुवा गरिनु पर्ने प्रमुख माग उठाएका छन ।
यस्तै १५ वर्षदेखी करार सेवामा कार्यरत इ. अशोक दासलाई कार्यपालिकाको निर्णय विपरित प्रमुख प्रशासकिय अधिकृत डा.साहले एकलौटी ढंगले हटाउने गरेको निर्णय फिर्ता, आ.ब.२०८०÷०८१ मा वडा कार्यालयहरुमा काम गरेका दैनिक ज्यालादारी कर्मचारीहरुको १६ दिनको बाँकी रहेको तलब भुक्तानी लगायतका ११ बुंदे माँग अघि सार्दै आन्दोलन गर्दै आएका छन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत डा.साहलाई रौतहटको एक स्थानीय तहमा सरुवा गरेको पत्र समेत पठाइ सकेको छ भने मन्त्रालयले निजको ठाँउमा नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई प्रमुख प्रशासकियको रुपमा काम गर्न जिम्मेवारी दिएको छ ।
यसरी आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा गरिएको तालाबन्दी र धर्ना कार्यक्रमले सबै काम अस्तव्यस्त बन्न पुगेको छ । निलम्बित मेयर यादवको नेतृत्वमा गरिएको तालाबन्दी र कर्मचारीहरुले विभिन्न ११ बुदे माग राख्दै थालेको धर्ना कार्यक्रमले नगरपालिकाको विकासीय योजना समेत प्रभावित हुने देखिएको छ । अधिकांश विकासीय योजना संचालनमा आउन नसक्दा वडाअध्यक्षहरु समेत अन्यौलमा परेका छन् । आर्थिक वर्ष बित्न केही दिन मात्र रहेकाले विभिन्न विकासीय योजनाहरु शतप्रतिशत कार्यान्वयन हुनेमा शंका समेत उत्पन्न भएको छ ।
केही दिन अघि मात्र नगरपालिकामा दुई वटा आन्दोलनहरु भएका थिए । सरसफाईकर्मीहरुले गत वर्षको १६ दिनको तलब नपाएको भन्दै आन्दोलन गरेका थिए भने गत माघ १ गते नगरपालिकाको गाडीको ठक्करबाट घाइते भएका बोदेबरसाइन नगरपालिकाका १५ वर्षिय किशोर घाइते हुँदा उपचार खर्चको माग गर्दै आफन्त र स्थानीयहरुले आन्दोलन गरेका थिए ।
यसैबीच सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको विशेष पहलमा तालाबन्दी खोल्ने विषयमा बोलाइएको वार्ता निष्कर्षबिहीन टुङ्गिएको नगरपालिकाका कार्यवाहक मेयर इसरत परविनले जानकारी दिएकी छिन् ।
तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
सारांश
- नगरपालिकामा भ्रष्टाचार बढेको, प्रमुख प्रशासकीय अधिकृत डा.
- श्रवण साहको सरुवाको बिरोध तथा मनपरीतन्त्र लगायतको बिरोध गर्दै निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
- यस्तै नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानवीन, नगरको ६८ विगहा क्षेत्रमा ब्लक र विटौरी जग्वगामा वसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपूर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्कीने व्यवस्था लगायतका माग अघि सार्दै तालाबन्दीसँगै आइतबारदेखी नगरपालिका परिसरमै धर्ना सुरु गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया