दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
राजविराज नगरपालिका वडा नं. ७ मैथिली टोलका तीन दर्जन परिवार समस्यामा परेका छन् ।
ढल निकासको उचित व्यवस्थापन नहुँदा खुला नाला र वर्षाको पानी घर आंगनसम्म जम्मा भएपछि ती परिवार समस्यामा परेका हुन् । नाला र वर्षाको पानीको निकास नहुँदा टोल पोखरीमा समेत परिणत भएको छ ।
स्थानीयवासी चन्द्रकुमारी साहले नाला व्यवस्थित नगरिएको कारण र ढलको उचित व्यवस्थापन हुनसकेकाले वर्षसँगै नालाको फोहर पानी घर आंगनसम्म जमेकाले हिड्न समेत समस्या भइरहेको बताइन् ।
सोही टोलकी सुनिता झाले घर आंगन र आसपासमा नालाको फोहर पानी र वर्षात समेतको पानीले डुवान पार्दा टोल नै दुर्गन्धित बनाउनुका साथै आवतजावतमा समस्या उत्पन्न भएको सुनाइन् ।
यस्तै अर्का स्थानीय महेन्द्र साहले घर भित्र समेत छिरेको पानीको निकास नहुँदा वर्षेनी समस्या भोग्दै पर्दैआइरहेको सुनाए । उनले नगरपालिकामा पटक पटक समस्या समाधानका लागि अनुरोध गर्दा पनि आशवासन बाहेक केही नपाएको दुखेसो पोखे ।
वडाअध्यक्ष शुभाषचन्द्र यादवले उक्त समस्याबाट आफू पनि जानकार रहेको बताउँदै वडा कार्यालयको बजेटबाट व्यवस्थित नाला निर्माण र ढल निकासलगायतको व्यवस्थापन कार्य गर्न कठिन भएको बताए । उनले उक्त समस्या समाधानका लागि आफूले पनि नगरपालिकामा पहल गरिरहेको जनाएका छन् ।
यसैबीच प्रदेशसभा सदस्य किरणकुमारी साहले अव्यवस्थ्ति नाला र वर्षाको पानीले टोल जलमग्न भएको जानकारी पाएपछि सोमबार सो स्थानको स्थलगत निरिक्षण गरेकी छिन् । सो क्रममा उनले ढल निकासका लागि व्यवस्थित गुरुयोजना निर्माण आवश्यक रहेको यसका लागि आफूले पनि पहल गर्ने आश्वासन दिइन् ।
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
सारांश
- ढल निकासको उचित व्यवस्थापन नहुँदा खुला नाला र वर्षाको पानी घर आंगनसम्म जम्मा भएपछि ती परिवार समस्यामा परेका हुन् ।
- नाला र वर्षाको पानीको निकास नहुँदा टोल पोखरीमा समेत परिणत भएको छ ।
- स्थानीयवासी चन्द्रकुमारी साहले नाला व्यवस्थित नगरिएको कारण र ढलको उचित व्यवस्थापन हुनसकेकाले वर्षसँगै नालाको फोहर पानी घर आंगनसम्म जमेकाले हिड्न समेत समस्या भइरहेको बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया