दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनगर गर्दै सुरक्षा व्यवस्थामा सघाउन नेपाली सेना यहाँका कारागार देखि प्रमुख बजार सम्म सुरक्षा व्यवस्थामा खटिएका छन् ।
निर्वाचन लक्षित एकिकृत सुरक्षा योजना अनुसार नेपाल तथा सशस्त्र प्रहरीको समन्वयमा सुरक्षा व्यवस्थामा सघाउन नेपाली सेना खटिएको हो ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा प्रबन्धमा सेनाले सघाएको राजविराज स्थित नेपाली सेनाको बरख गणले जनाएको छ ।
यस क्रममा राजविराज कारागार, प्रमुख बजार, सिमाक्षेत्र, प्रमुख सडक मार्ग तथा मतदानस्थल तोकिएको क्षेत्र र आसपासको क्षेत्रमा २४ सैं घण्टा सवारी तथा पैदल गस्ती परिचालन गरिएको बरखगणका गणपती प्रमुख सेनानी सोवित बहादुृर चन्दले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागी नेपाली सेनाको हाल ६ सय ५०, जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ तथा सशस्त्र प्रहरी बल हेटक्वाटर राजविराजबाट ८ सय ६९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि परिचालित भएका छन । जिल्लाभर २ सय ९६ मतदान स्थल तथा ५ सय ६२ मतदान केन्द्र निर्धारण गरिएकोमा त्यसमध्ये ४ लाई सामान्य, ८३ लाई सम्वेदनशिल तथा २ सय ९ मतदानस्थललाई अति सम्वेदनशिलको रुपमा छुट्याई सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
सारांश
- निर्वाचन लक्षित एकिकृत सुरक्षा योजना अनुसार नेपाल तथा सशस्त्र प्रहरीको समन्वयमा सुरक्षा व्यवस्थामा सघाउन नेपाली सेना खटिएको हो ।
- निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा प्रबन्धमा सेनाले सघाएको राजविराज स्थित नेपाली सेनाको बरख गणले जनाएको छ ।
- यस क्रममा राजविराज कारागार, प्रमुख बजार, सिमाक्षेत्र, प्रमुख सडक मार्ग तथा मतदानस्थल तोकिएको क्षेत्र र आसपासको क्षेत्रमा २४ सैं घण्टा सवारी तथा पैदल गस्ती परिचालन गरिएको बरखगणका गणपती प्रमुख सेनानी सोवित बहादुृर चन्दले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया