मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त

राजविराज राजविराज
|
आइतबार, माघ १८, २०७७
|
|
४१ पटक हेरिएको
Shares
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त

सारांश

  •     मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।
  •      मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा.
  • राम केवल साह, रजिष्टारमा डा.

दैनिक समाचारदाता
जनकपुरधाम, १८ माघ । 
    प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई आइतबार एक कार्यक्रमबीच नियुक्ती पत्र हस्तान्तरण गरेको छ ।
    मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।     मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको हो । 
    नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको जानकारी दिदै यसै वर्ष देखी एकेडेमिक सेशनहरु संचालन हुने बताए । 
    कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा समेतको उपस्थिति रहेको थियो ।
    प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न