दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रदेश २ का प्रमुख राजेश झाले गलत प्रकृयाबाट नागरिकता लिने र दिने दुबैलाई कार्वाही हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबार सुरक्षा निकायका अधिकारी र संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले किर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको बताए ।
कार्यक्रममा प्रदेश प्रमुख झाले च्यस्प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न सम्बन्धीत सबै पक्षलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको बारेमा, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, महिला हिंसा, सशस्त्र प्रहरीका उपरीक्षक राजु श्रेष्ठले सीमा तथा लागूऔषध बिषयमा तथा नेपाली सेनाका प्रमुख सेनानी निरज भण्डारीले नेपाली सेनाको गतिविधीबारे जानकारी गराएका थिए ।
यसअघि प्रदेश प्रमुख झाले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुगेर जिल्लाका संचारकर्मीहरुसँग भेटघाट पनि गरेका थिए । सो क्रममा उनले सप्तरीको पत्रकारिता प्रदेश २ को ८ वटै जिल्ला मध्ये उत्कृष्ट रहेको बताए । महासंघको गतिविधी, पत्रकार तथा पत्रकारिताको अवस्था बारे महासंघका अध्यक्ष श्रवणकुमार देवले उनलाई जानकारी समेत गराएका थिए ।
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबार सुरक्षा निकायका अधिकारी र संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले किर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको बताए ।
- कार्यक्रममा प्रदेश प्रमुख झाले च्यस्प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न सम्बन्धीत सबै पक्षलाई निर्देशन समेत दिए ।
- कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको बारेमा, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, महिला हिंसा, सशस्त्र प्रहरीका उपरीक्षक राजु श्रेष्ठले सीमा तथा लागूऔषध बिषयमा तथा नेपाली सेनाका प्रमुख सेनानी निरज भण्डारीले नेपाली सेनाको गतिविधीबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया