समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन

राजविराज राजविराज
|
शुक्रबार, पौष ३, २०७७
|
|
१ पटक हेरिएको
Shares
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन

सारांश

  • दैनिक समाचारदाता राजविराज, ३ पुस ।
  •       सेभ द  सप्तरीले  सन् २०२० मा  एक बर्षभरी आप्mना बिभिन्न क्षेत्रमा गरेका क्रियाकलाप तथा कार्यक्रमको बारेमा शुक्रबार समिक्षा गरि सल्लाहकार  समिति बैठक तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
  •     राजविराजमा सम्पन्न कार्यक्रम सल्लाहकार समितिको बैठक तथा भ्रमण कार्यक्रममा राजविराज नगरपालिकासहित जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    सेभ द  सप्तरीले  सन् २०२० मा  एक बर्षभरी आप्mना बिभिन्न क्षेत्रमा गरेका क्रियाकलाप तथा कार्यक्रमको बारेमा शुक्रबार समिक्षा गरि सल्लाहकार  समिति बैठक तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
    राजविराजमा सम्पन्न कार्यक्रम सल्लाहकार समितिको बैठक तथा भ्रमण कार्यक्रममा राजविराज नगरपालिकासहित जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं. १६ मा एक बर्ष भरीमा गरिएका कामकाजको बारेमा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले सन् २०२० एक बर्ष भरी गरेका कामकाजको बारेमा दुई समुहमा बिभाजन गरि स्थलगत अनुगमन गरेको छ ।
    सो क्रममा एक टोलीले तिलाठी कोइलाडी गाउँपालिकाको स्थलगत अनुगमन गरिएको छ भने  अर्को टिमले जिल्लाको बिष्णुपुर र राजविराज नगरपालिकाको वडा नं. १६ मा सेभ द सप्तरीले गरेका काम बारे अनुगमन गरेको छ  ।


    एक समुहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित कोशी पलारमा दिनारामभद्री कृषक समूहले लगाएको तरकारीबालीको अनुगमन गरेको छ । 
    सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहकार्यमा संचालित समुन्नती कार्यक्रम जिविकोपार्जन अन्र्तगत सिमान्तकृत वर्गका अधिकाश दलितहरुलाई लक्षित गरि यहाँका सदा (मुसहर) र मलाहा (मुखिया) समुदायहरुका लागि कोशीको किनारमा रहको स्थानिय जग्गा धनीबाट ३ बिगहा जमिन पाँच बर्षका लागि भडामा लिई उनीहरुलाई जग्गामा तरकारीबाली लगाइएको छ ।
    उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि फुल कोभी, बन्दाकोभी, भान्टा, खुर्सानी, टमाटर, आलु, मुला, रायो साग, लहरे तरकारी अन्र्तगतका वालीहरुरु फर्सी, लौका, करेला, वोडी, काक्रो लगायतका तरकारीहरु उत्पादन गर्दै आइएका छन् ।
    हाल दिनारामभद्री कृषक समुहले आप्mनै पहलमा तरकारी खेती बढाएर ५ बिगघासम्म पु¥याएका छन । समुन्नती कार्यक्रमको जिविकोपार्जन मार्फत सेभ द सप्तरीले यस कृषक समुहलाई बिगत बर्षदेखि नै क्षमता अभिबृदि लगायतका तालिम र बिउ, बिजन, मलखाद र सिचाईका सामग्रीहरु लगायत कृषि सम्बन्धि बिभिन्न समानहरु प्रदान गरि सहयोग गर्दै आएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिए । 
    सो तरकारी खेतीबाट त्यहाँका दलित समुदायका मानिसहरु आत्मनिभर बनेर आफनो पारिवार चलाउनुका साथै छोरा छोरीहरुलाइृ बिद्यालयसम्म पढाउन पाइएको दिनाराम भद्री कृषक समुहकी सदस्य सुमिदा देवी मुखियाले बताए ।
    यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुलामा रहेको राजाजी आधारभुत बिद्यालयमा पनि रु १८ लाखको लागतमा बालबिकास भवन निर्माण गरिएको छ । 
    उक्त भवन निर्माणमा गाउँपालिकाले रु ९ लाख २५ हजार र सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको साँझेदारीमा रु ९ लाख २५ हजारबाट भवन निर्माण सम्पन्न भई अहिले बालबिकासका बालबालिकाहरु पढिरहेको सेभ द सप्तरीका सुपर भाइजर रामकुमार रामले अनुगमन कर्ताहरुलई जानकारी दिएका छन् । 
    उक्त विद्यालयमा  बिद्यालय स्वास्थ्य पोषण, किशोर किशोरी बिकास कार्यक्रम, आधारभुत कक्षा १ देखि ७ सम्मका बिद्यार्थीहरुलाई बिभिन्न सहयोग र प्रारभिक बालबिकास कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरिएको प्रधानाध्यापक भागवत साहले बताए ।
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ तोपामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा समेत दुई लाख भन्दा बढीको लागतमा मर्मत सम्भार, नवजात शिशु स्याहार र मायाको अङगालो कुन्ना स्थापना, प्रसुति गृहमा प्रदान गरिएको पर्दा, कोभिड १९ का लागि ३ लाखको स्वास्थ्य सामग्री सहयोग दिइएको बारे फिल्ड अधिृकृत बिद्यया मण्डलले जानकारी दिए । 
    प्राथमिक स्वास्थ्य केन्द्र तोमामा १६ जना स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य उपचार भइरहेको प्रमुख बालकुमार साहले जानकारी दिए । 
    यस्तै अर्कौ समुहले जिल्लाको बिष्णुपुर र राजविराज नगरपालिकाको समेत अनुगमण गरिएको छ । सो क्रममा बिष्णुपुर गाउँपालिका वडा नं. १ मा १६ लाखको लागतमा निर्माण गरिएको बालबिकास भवन तथा राजविराज नगरपालिका वडा नं. १६ मा चप्पाकलको अनुगमन गरिएको छ । 
    राजविराज नगरपालिका वडा नं. १६ स्थित मुसहर बस्तीमा रु ५७ हजार ५०० सयको लागतमा निर्माण गरिएको चापाकलको समेत अनुगमन गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुले जानकारी दिए । 
    त्यस्तै स्थानिय लघुउद्यमी सत्यनारायण संगले सेभ द सप्तरीको आर्थिक सहयोगबाट संचालन गरेको किराना पसलबाट उनले दैनिक ३ सय बचत गरिहेको सेभ द सप्तरीका फिल्ड अधिकृत थारुले अनुगमनको क्रममा भने । 
    यसैगरी राजबिराज १६ स्थित बोरिया को स्वास्थ चौकी हाता भित्र निर्माणधिण प्रसुति गृह निर्माणमा सेभ द सप्तरी र सेभद चिल्ड्रेनको तर्फबाट २५ लाख तथा राजबिराज नगरपालिकाबाट १५ लाख र स्थानियबाट ४ लाखको अनुदानबाट सो भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको अनुगमन टोलीका राजबिराज नगरपालिका उपप्रमुख साधना झाले बताईन ।
    अनुगमन टोलीले राजबिराज १६ स्थित बोरियामा लघु उधमीको लागि त्यहाँका सत्य नारायण मण्डलले संस्थावाट १० हजार अनुदान प्राप्त गरी ब्यवसाय संचालन गरेको प्रगति वारे समेत जानकारी लिएको छ ।
    सो अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, छिन्मस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डल, बिष्णुपुर गाउपालिका अध्यक्ष निलाम्वर यादब, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, सेभ द चिल्ड्रेनका शिक्षा कार्यक्रम संयोजक खिलानाथ गौतम, सेभ द सप्तरी कार्यक्रम संयोजक गोपाल चौधरी, फिल्ड अधिकृत ललिता मण्डल, फिल्ड अफिसर बिष्णुकान्त देव, बिदिया मण्डल, फिल्ड अफिसर राजिव चौधरी, प्राबिधिक बिदियान्नद ठाकुर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
जिल्ला अदालतमा हातधुने स्टेशन जडान