दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीमा दिनानुदिन कोरोना पोजेटिभका संख्यामा बृद्धि हुँदै गएको छ । यसैबीच आईतवार एकै दिन २७ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।
जिल्लाको तिलाठी कोईलाडि गाउँपालिकाका २५ तथा राजविराज नगरपालिकाका २ गरी २७ जनामा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सो गाउँपालिकाको वडा नं. २ कै २५ जना संक्रमितहरु रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रन्जित झाले जानकारी दिएका छन् । संक्रमित मध्ये अधिकांश क्वारेन्टाईनमा रहेकाहरु र कन्ट्रयाक ट्रेसिङ्गवाट पत्ता लागेको उनले बताए ।
यता राजविराजमा देखिएका संक्रमितहरु सोही अस्पतालका स्वास्थ्यकर्मी हुन् । अस्पतालका हालसम्म ५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये तीन जना पारामेडिक्स, एक जना नर्सिङ्ग स्टाफ र १ जना स्विपर रहेको उनले बताए ।
यसअघि जिल्लामा शनिवार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये राजविराज नगरपालिकाका १८, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा तिरहुत र अग्निसाईर कृष्णासवरण गाउँपालिकाका १÷१ जना संक्रमित भएका छन् ।
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सारांश
- जिल्लाको तिलाठी कोईलाडि गाउँपालिकाका २५ तथा राजविराज नगरपालिकाका २ गरी २७ जनामा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- सो गाउँपालिकाको वडा नं.
- २ कै २५ जना संक्रमितहरु रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रन्जित झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया