बरख गणद्वारा न्यानो कपडा वितरण

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बरख गणद्वारा न्यानो कपडा वितरण

सारांश

  •     गणको २४३सौं बार्षिकोत्वस मनाउँदै सेनाले राजविराज वडा नम्बर ६ स्थित बहिरा बालक स्कुलका ३२ जना विद्यार्थीहरुलाई भोजन गराएर न्यानो कपडा वितरण गरिएको हो ।
  •     स्कुलका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्गलाई बरखगणको तर्फबाट भोजन गराईएको र सहिद परिवारका तर्फबाट न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
  •     कार्यक्रममा बैद्धिक अपाङ्ग संघका केन्द्रिय सदस्य जगदीश अर्यालले नेपाली सेनाले गरेको सहयोग प्रति अभार प्रकट गर्दे धन्यवाद दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    नेपाली सेनाको राजविराजस्थित बरख गणले बार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई भोजनसहित न्यानो कपडा वितरण गरेको छ ।
    गणको २४३सौं बार्षिकोत्वस मनाउँदै सेनाले राजविराज वडा नम्बर ६ स्थित बहिरा बालक स्कुलका ३२ जना विद्यार्थीहरुलाई भोजन गराएर न्यानो कपडा वितरण गरिएको हो ।
    स्कुलका २० जना बहिरा तथा १२ जना बौद्धिक अपाङ्गलाई बरखगणको तर्फबाट भोजन गराईएको र सहिद परिवारका तर्फबाट न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
    कार्यक्रममा बैद्धिक अपाङ्ग संघका केन्द्रिय सदस्य जगदीश अर्यालले नेपाली सेनाले गरेको सहयोग प्रति अभार प्रकट गर्दे धन्यवाद दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?